default_image

2 years ago

February 6, 2022

ओमानमाथि युएईको लगातार दोस्रो जित

165 views

0 Bookmark

एजेन्सी – आइसिसी क्रिकेट विश्वकप लिग –२ अन्तर्गत युनाइटेड अरव इमिरेट्स (युएई) ले घरेलु टोली ओमानमाथि लगातार दोस्रो जित हात पारेको छ । युएईले दोस्रो खेलमा आइतबार साँझ ओमानलाई ४ विकेटले हराउँदै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

१ सय ९६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको युएईले ४५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा चुन्दगापोयल रिजवान १ सय १६ बलमा ५ चौकासहित ७६ रनमा अविजित रहे । पहिलो खेलमा सानदार शतक प्रहार गरेका ओपनर चिराग सुरी ६९ बलमा ५ चौका र १ छक्कासहित ४३ रनमा आउट भए ।

मोहम्मद वासिम ५, युवाविकेटकिपर वृत्य अरविन्द ३४ र मोहम्मद वासिम १८ रनमा आउट भए । कासिफ दाउद १३ बलमा १ चौका र १ छक्कासहित १८ रनमा अविजित रहे । ओमानका तीव्र गतिका बलर बिलाल खानले सर्वाधिक तीन विकेट लिए । त्यसअघि अलअमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमान ४७.२ ओभरमा १ सय ९५ रनमा अल आउट भयो । ओमानका सोहिब खानले ५९ बलमा ५ चौका र ३ छक्कासहित ६८ रनको इनिङ खेले ।

अयान खान ३३, कश्याप प्रजापती २९ र जतिन्दर सिंह १७ रनमा आउट भए । युएईका स्पिनर बासिल हमिदले ६.२ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए । अमिद राजाको नाममा २ विकेट रह्यो । पहिलो खेलमा युएई ४ विकेटले विजयी भएको थियो । उक्त खेलमा युएईले ३ सय ८ रनको विशाल लक्ष्य ४९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । ओपनर चिराग सुरीले १ सय २५ बलमा १२ चौका र ५ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेलेपछि युएईले आफ्नो ओडिआई इतिहासकै सर्वाधिक रन बनाएको थियो । युएई र ओमानबीच तेस्रो तथा अन्तिम ओडिआई खेल मंगलबार हुनेछ ।

अंक तालिका

युएई ९ खेलमा ५ मा जित र ३ मा हारसहित ११ अंकका साथ चौथो स्थाानमा उक्लिएको छ । ओमान २२ खेलमा १४ खेलमा जित र ७ मा हार सहित २९ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ ।

अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित तेस्रो स्थानमा छ । नामिबिया ९ खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ पुछारमा छ ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.