default_image

3 years ago

February 6, 2022

यू-१९ विश्वकप विजेता भारतीय खेलाडीले जनही ६४ लाख पुरस्कार पाउने

152 views

0 Bookmark

एजेन्सी – यू-१९ विश्वकप २०२२ का भारतीय खेलाडीले जनही ६४ लाख रुपैयाँ ( ४० लाख भारु) पाउने भएका छन् । भारतले शनिबार राती इंग्ल्यान्डलाई ४ विकेटले पाँचौं पटक यू-१९ विश्वकप च्याम्पियन बनेको थियो ।

द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया ( बिसिसिआई) का अध्यक्ष सौरभ गांगुलीले यू-१९ विश्वकप विजेता टोलीलाई बधाई दिँदै जनही ४० लाख भारु पुरस्कार दिने जनाएका छन् । प्रशिक्षक र सपोट स्टार्फले जनही २५ लाख भारु प्राप्त गर्ने छन् ।

१ सय ९० रनको विजयी लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । भारतको जितमा निशान्त सिन्धु ५४ बलमा ५ चौका र १ छक्कासहित ५० रनमा अविजित रहे । शेख राशिद ८४ बलमा ६ चौकासहित ५० रनमा आउट भए । हरनुर सिंह २१, कप्तान यश धुल १७ र राज बावा ३४ रनमा आउट भए । इंग्ल्यान्डका जोशुआ बोयडेन, थोमस एस्पिनवाल र जेम्स सेल्सले २-२ विकेट लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स स्टेडियम एन्टिगुवामा टस जितेर पहिला ब्याटिङ गर्दै ४४.५ ओभरमा १ सय ८९ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका जेम्स रेवले १ सय १६ बलमा १२ चौकासहित ९५ रनमा आउट भए । जेम्स सेल्स ६५ बलमा २ चौकासहित ३४ रनमा अविजित रहे । ओपनर जर्ज थोमस ३० बलमा ४ चौका र १ छक्कासहित २७ रनमा आउट भए ।

अन्यको प्रदर्शन सम्झन लायक रहेन । एक समय ९१(७ को अवस्थामा पुगेको इंग्ल्यान्डलाई रेव र सेल्सले आठौं विकेटका लागि ९३ उत्कृष्ट साझेदारीका साथ प्रतिस्पर्धात्मक योगफल सम्म पुयाएका थिए । भारतका तीव्र गतिका बलर राज बावाले ९।५ ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ५ विकेट लिए । राज कुमारले ९ ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ४ विकेट लिए ।

यसअघि भारतले सन् २००० मा मोहम्मद कैफ, २००८ मा विराट कोहली, २०१२मा उनमुक्त चन्द र २०१८ पृथ्वी शा को कप्तानीमा यू१९ विश्वकप उपाधि जितेको थियो। भारत २००६, २०१६ र २०२० मा उपविजेता बनेको थियो । इंग्ल्यान्डले सन् १९९८ को यू१९ विश्वकपको फाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.