3 years ago
February 6, 2022
एजेन्सी – दक्षिण अफ्रिका डेवाल्ड ब्रेभिस (बेबी एबी) वेस्टइन्डिजमा सम्पन्न यू-१९ विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) चुनिएका छन् । दक्षिण अफ्रिका क्वाटरफाइनलबाट बाहिरिएपनि ब्रेभिसले पूर्व दक्षिण अफ्रिकी ब्याटर एवी डेभिलियर्सको शैलीमा ब्याटिङ गर्दै दुई शतकका साथ कीर्तिमानी रन बनाएका थिए ।
ब्रेभिस प्रतियोगितामा ६ खेलमा २ शतक ३ अर्धशतक सहित कुल ५ सय ६ रनका साथ शीर्षस्थानमा रहे । ब्रेभिस एकै यू१९ विश्वकप इतिहासमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले भारतीय ब्याटर शिखर धवनले २००४ को यू–१९ विश्वकपमा तीन शतकसहित बनाएको ५ सय ५ रनको कीर्तिमान तोडेका हुन् ।
ब्रेभिसले बंगलादेशविरुद्ध १ सय ३० बलमा ११ चौका र ७ छक्कासहित १ सय ३८ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । श्रीलंकासँग भने उनी ६ रनमा आउट भएका थिए । उनी अर्धशतक नबनाई आउट भएको यो मात्र एक खेल हो ।
क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध उनले ८८ बलमा ९ चौका र ४ छक्कासहित ९७ रनको इनिङ खेलेपनि ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो । उनले आयरल्यान्डसँग ९६, युगान्डाविरुद्ध १ सय ४ र भारतविरुद्ध ६५ रनको इनिङ खेल्दै उत्कृष्ट ब्याटिङ गरेका थिए ।
एवि डिभिलियर्सको खेल्ने शैली र ब्रेभिसको हाउभाउ सबै एउटै छ । त्यसैले उनलाई बेबी एवि भनिएको हो । यू–१९ विश्वकपमा सानदार प्रदर्शनसँगै उनलाई दक्षिण अफ्रिका भविष्यको रुपमा हेरिएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा उनी विक्ने सम्भावना छ । फाइनलमा भारतले इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै पाँचौं पटक यू–१९ विश्वकपको उपाधि जितेको छ ।
ब्रेभिसको बारे सम्पूर्ण जानकारी पाउन जीवनी पढ्नुहोस् : डेवाल्ड ब्रेभिस : बेबी एवि उर्फ दोस्रो डि भिलियर्स
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ । समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको थियाे । नेपालले सुपर फोरको पहिलो खेलमा श्रीलंकाको यु १९ टोलीसँग पहिलो खेल खेलिरहेको थियो । टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको समाप्तीमा […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्स जितेकाे छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले बलिङ रोजेका छन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको […]