default_image

3 years ago

February 6, 2022

भारतलाई यू-१९ विश्वकपको उपाधि

131 views

0 Bookmark

एजेन्सी – भारतले इंग्ल्यान्डलाई हराउँदै वेस्टइन्डिजमा सम्पन्न यू-१९ विश्वकपको उपाधि जितेको छ । फाइनलमा शनिबार राती इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै भारत पाँचौं पटक यू-१९ विश्वकप च्याम्पियन बनेको हो ।

१ सय ९० रनको विजयी लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा निशान्त सिन्धु ५४ बलमा ५ चौका र १ छक्कासहित ५० रनमा अविजित रहे । शेख राशिद ८४ बलमा ६ चौकासहित ५० रनमा आउट भए । हरनुर सिंह २१, कप्तान यश धुल १७ र राज बावा ३४ रनमा आउट भए । इंग्ल्यान्डका जोशुआ बोेयडेन, थोमस एस्पिनवाल र जेम्स सेल्सले २-२ विकेट लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स स्टेडियम एन्टिगुवामा टस जितेर पहिला ब्याटिङ गर्दै ४४.५ ओभरमा १ सय ८९ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका जेम्स रेवले १ सय १६ बलमा १२ चौकासहित ९५ रनमा आउट भए । जेम्स सेल्स ६५ बलमा २ चौकासहित ३४ रनमा अविजित रहे । ओपनर जर्ज थोमस ३० बलमा ४ चौका र १ छक्कासहित २७ रनमा आउट भए ।

अन्यको प्रदर्शन सम्झन लायक रहेन । एक समय ९१-७ को अवस्थामा पुगेको इंग्ल्यान्डलाई रेव र सेल्सले आठौं विकेटका लागि ९३ उत्कृष्ट साझेदारीका साथ प्रतिस्पर्धात्मक योगफल सम्म पुयाएका थिए । भारतका तीव्र गतिका बलर राज बावाले ९.५ ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ५ विकेट लिए । राज कुमारले ९ ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ४ विकेट लिए ।

यसअघि भारतले सन् २००० मा मोहम्मद कैफ, २००८ मा विराट कोहली, २०१२मा उनमुक्त चन्द र २०१८ पृथ्वी शा को कप्तानीमा यू१९ विश्वकप उपाधि जितेको थियो। भारत २००६, २०१६ र २०२० मा उपविजेता बनेको थियो । इंग्ल्यान्डले सन् १९९८ को यू१९ विश्वकपको फाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो ।

September 27, 2024

क्यानको अनुमानित बजेट ६२ कराेड

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले चालु आर्थिक वर्ष २०८१/ ८२ को लागि ६२ करोड रूपैयाँ अनुमानित बजेट पास गरेको छ। यो क्यानको इतिहासकै ठूलो बजेट हो । पोखरामा शुक्रवार सुरु भएको क्यानको वार्षिक साधारण सभामा कोषाध्यक्ष पदमबहादुर खड्काले प्रस्तुत गरेको अनुमानित बजेटलाई पास गरेको बताइएको छ। त्यस्तै गत आर्थिक बर्ष २०८०/८१ को […]

September 27, 2024

तीन खेलाडीको शतकमा श्रीलंकाको विशाल योगफल

एजेन्सी – तीन ब्याटरको शतकमा श्रीलंकाले न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा विशाल योगफल तयार गरेको छ । दुई टेस्ट सिरिजका लागि न्युजिल्यान्ड श्रीलंका भ्रमणमा छ । पहिलो खेल ६३ रनले जित्दै घरेलु टोलीले सिरिजमा १-० को अग्रता बनाएको छ । गालेमा टस जितेर ब्याटिङको सुरुवात गरेको घरेलु टोलीले पहिलो इनिङ ५ विकेट गुमाएर ६ सय […]

September 27, 2024

विश्वकप लिग टु – क्यानडाको लगातार चौथो जित

एजेन्सी – क्यानडाले विश्वकप लिग टुमा लगातार चौथो जित हात पारेको छ । विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिजको ४ खेलमा क्यानडाले जित निकालेको हो । लगातार चौथो जित हासिल गर्ने क्रममा बिहीवार क्यानडाले ओमानलाई ५ विकेटले हराएको थियो । १ सय ९९ रनको लक्ष्य क्यानडाले ४५.३ ओभरमा ५ विकेट गुमाएर पूरा […]

Success

Thank you for your time.