default_image

2 years ago

February 5, 2022

ओमानमाथि युएईको कीर्तिमानी जित

154 views

0 Bookmark

एजेन्सी – ओपनर चिराग सुरीको शतकसँगै युएईले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ५७ औं खेलमा घरेलु टोली ओमानमाथि ४ विकेटको कीर्तिमानी जित हात पारेको छ ।

ओमानले प्रस्तुत गरेको ३ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएईले ४९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । युएईले ओडिआईमा हालसम्मकै उच्च योगफल बनाउँदै लक्ष्य पूरा गरेको हो । युएईको यसअघि ओडिआईमा सर्वाधिक योगफल २०१८ मा स्कटल्यान्डविरुद्ध ३ सय रन थियो । सफल रन पूरा गर्नेक्रममा उक्त कीर्तिमान तोड्दै आफ्नो ओडिआई इतिहासकै सर्वाधिक योगफल बनाएको हो ।

युएईका ओपनर चिराग सुरीले १ सय २५ बलमा १२ चौका र ५ छक्कासहित १ सय १५ रनको उत्कृष्ट शतकीय इनिङ खेले । उनको यो ओडिआई करिअरको पहिलो शतक हो । १९ वर्षिय युवा विकेटपिकर वृत्य अरविन्दले ९३ बलमा १० चौका र २ छक्कासहित ८९ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले । यो उनको ओडिआई करिअरको पहिलो अर्धशतक हो । दोस्रो विकेटका लागि सुरी र अरविन्दले १ सय ८० रनको साझेदारी गरेका थिए । युएईको ओडिआईमा कुनैपनि विकेटलाई भएको दोस्रो ठूलो साझेदारी हो ।

मध्यक्रमका बालिस हमिद ३३ बलमा ६ चौका र २ छक्कासहित ६१ रन बनाउँदै टोलीको जित पक्का गराए । रोहन मुस्तफा १५ रनमा आउट भए । ओमानका अलिमुल्लाहले १० ओभरमा ३ मेडनसहित ४३ रन खर्चेर ३ विकेट लिए । बिलाल खानको नाममा २ विकेट रह्यो ।


त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ७ रन बनाएको थियो । ओमानका जतिन्दरसिंहले ९५ बलमा १४ चौका र ४ छक्कासहित १ सय ६ रनको शतकीय इनिङ खेलेपनि बलिङ नचल्दा टोली पराजित भयो ।

जतिन्दरको यो ओडिआई करिअरको दोस्रो शतक हो । अयान खान ९१ बलमा ८ चौका र १ छक्कासहित ७८ रनमा आउट भए । नसिम खुशीले २१ बलमा ३ चौका र ३ छक्कासहित आक्रामक ४२ रन जोडेका थिए । युएईका काशिफ दाउद र जहुर खानले २–२ विकेट लिए ।

July 5, 2024

आदिलको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – म्याच फिक्सिङको मुद्दाबाट सफाइ पाएका अलराउन्डर आदिल आलमको निलम्बन फुकुवा सम्बन्धी प्रक्रिया अघि बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठक सफाई पाएका आदिलको निलम्बन फुकुवा सम्बन्धित प्रक्रिया अघि बढाएको छ । बैठकले अल राउन्डर आदिल निलम्बन फुकुवाको प्रकिया क्यानको अनुशासन समितिलाई १ हप्ता भित्र निर्णय गर्न जिम्मेवारी […]

July 5, 2024

नेपाल प्रिमियर लिग (एनपिएल) नोभेम्बर-डिसेम्बरमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको आफ्नै फ्रान्चाइज टि-ट्वान्टी प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) आउँदो नोभेम्बर डिसेम्बरमा हुने भएको छ । बिहीबार र शुक्रबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समितिको बैठकले यसै वर्ष सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । पछिल्लो पटक नेपाल टि-२० नामले चलेको यस प्रतियोगितामा विभिन्न विवादमा मुछिएको थियो । […]

July 5, 2024

सन्दिप सेन्ट्रल कन्ट्रयाक्टमा पुनर्स्थापित

काठमाडौं (हाम्रोखेलकुद) – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछाने सेन्ट्रल कन्ट्रयाक्टमा पुनर्स्थापित भएका छन् । बिहीबार र शुक्रवार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठकले सन्दिपलाई पुनः सेन्ट्रल कन्ट्रयाक्टमा अनुबन्ध गर्ने निर्णय गरेको हो । सन्दिप सेन्ट्रल कन्ट्रयाक्टको ‘ए’ ग्रेडमा रहने क्यानले जानकारी गराएको छ । उनलाई टि-२ ०आईमा १०० विकेट लिएका […]

Success

Thank you for your time.