3 years ago
February 5, 2022
एजेन्सी – वेस्टइन्डिजमा जारी यू- १९ विश्वकप फाइनलमा आज उपाधिको लागि भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ६ : ४५ मा सर भिभियन रिचर्ड्स स्टेडियम एन्टिगुवामा सुरुहुनेछ । भारत पाँचौं र इंग्ल्यान्ड दोस्रो पटक यू–१९ विश्वकप च्याम्पियन बन्ने सोचमा हुनेछन् ।
सेमिफाइनलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हराउँदै दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो । भारतले अष्ट्रेलियालाई ९६ रनले हराउँदै आठौं पटक फाइनलमा स्थान बनाएको थियो । इंग्ल्यान्ड दोस्रो र भारत आठौं पटक फाइनल खेल्दैछन् । भारतको यश धुल र इंल्यान्डको टम प्रेस्ट कप्तान हुन् । दुबै टोलीका प्रमुख ब्याटर हुनुको साथै उच्च प्रदर्शन गरेका छन् ।
अष्ट्रेलियालाई सेमिफाइनलमा हराउन कप्तान यश धुलले १ सय १० रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । उनको प्रदर्शन भारतलाई महत्वपूर्ण हुनेछ । धुलले दक्षिण अफ्रिकाविरुद्ध ८२, समूह चरणमा अष्ट्रेलियाविरुद्ध ५० र वेस्टइन्डिजविरुद्ध ५२ रनको इनिङ खेलेका थिए ।
शेख राशिद, हरनुर सिंह, राज बावा, अंगक्रिश रघुवंशी भारतका ब्याटर हुन् ।
रघुवंशीले क्यानडाविरुद्ध १ सय ४४ रनको शतकीय इनिङ खेलेका थिए । राज बावाले सोहि खेलमा १ सय ६२ रनको अविजित इनिङ खेलेका थिए । भारतको ब्याटिङ युनिट मजबुत छ । तल्लोक्रमका निशान्त सिन्धु, राजवर्धन हांगरगेकर र दीनेश बना पनि आक्रामक सटको क्षमता राख्छन् । स्पिनर विक्की ओस्टल भारतका प्रमुख बलिङ हतियार हुन् । उनले जारी विश्वकपमा १२ विकेट लिई सकेका छन् ।
यता इंग्ल्यान्ड २४ वर्षपछि उत्कृष्ट प्रदर्शनका साथ उपाधि जित्ने सोचमा हुनेछ । मध्यक्रका ब्याटर जर्ज बेल क्लासका लागि माहिर छन् । उनले अफगानिस्तानविरुद्ध सेमिफाइनलमा ५६ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । उनको क्लाससामू भारतीय बलर निराश बन्न सक्छन् । कप्तान टम प्रेस्ट प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन टोलीको लागि निकै महत्वपूर्ण हुनसक्छ ।
उनले युएईविरुद्ध १ सय ५४ रनको शतकीय इनिङ खेलेका थिए । स्पिनर रेहान अहमद र बायाँ हाते तीव्र गतिका बलर जोशुआ बोयडेन प्रमुख हतियार हुन् । यी दुई बलरमा इंग्ल्यान्डको उपाधि सम्भावना निर्भर रहनेछ ।
अहमदले ३ खेलमा १२ विकेट लिएका छन् । उनले युएई, दक्षिण अफ्रिका र अफगानिस्तानविरुद्ध समान ४–४ विकेट लिएका थिए । सेमिफाइनलमा अफगानिस्तानलाई १२ बलमा १८ रन चाहिँएको अवस्थामा उनले तीन विकेट एकै ओभरमा लिँदै जित सहज बनाएका थिए । जोशुआले पावर प्लेमा उत्कृष्ट बलिङ गर्दै आएका छन् । उनले ५ खेलमा १३ विकेट लिएका छन् ।
भारत २०००, २००८, २०१२ र २०१८ यू१९ विश्वकप च्याम्पियन टोली हो । २००६, २०१६ र २०२० मा उपविजेता बनेको थियो । इंग्ल्यान्डले सन् १९९८ को यू१९ विश्वकपको फाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । त्यसयता इंग्ल्यान्डले यू-१९ विश्वकपको फाइनलमा स्थान बनाउन सकेको थिएन । इंग्ल्यान्ड आफ्नो उपाधि खडेरी तोड्ने सोचमा हुनेछ । भारत यू-१९ उपाधि विरासतलाई निरन्तरता दिनमिल्छ ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]