3 years ago
January 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ सल्लाहकारको रुपमा भारतीय रघुराम श्रीनिवास नेपाल आइपुगेका छन् । नेपालले फेब्रुअरी तेस्रो सातादेखि ओमानमा हुने आइसिसी टि२० विश्वकप छनोटअघि बन्द प्रशिक्षणको लागि श्रीनिवासलाई फिल्डिङ सल्लाहकार प्रशिक्षकको रुपमा ल्याएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
उनी ए लेभलका प्रशिक्षक हुन् । क्यानले उनलाई उच्च स्तरिय भारतीय फिल्डिङ प्रशिक्षक बताएको छ । श्रीनिवास आइतबार नेपाल आइपुगेका छन् । उनी आइसोलेसनमा छन् । ‘यसअघि पुबुद अमेरिका मुख्य प्रशिक्षक हुँदा श्रीनिवाससँगै काम गरेको बताइएको छ । उनी उर्जावान फिल्डर हुन् । नेपाली क्रिकेटको अभावमा केहि पूरा गर्न सक्छन् । छोटो समयमा बहुमूल्य समय दिएकोमा आभारी छु’, पुबुदुले भनेका छन् ।
सन्दीपको कप्तानीमा नेपालले १६ सदस्य टोली घोषणा गरेको छ । नेपाली टोली फेब्रुअरी ८ वा ९ मा ओमान जाने तयारी गरेको छ । ग्लोबल छनोट ए मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरि आठ टोली छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । उद्धघाटन खेलमा फागुन ६ (१८ फेब्रुअरी) मा नेपाल र ओमानबीचको खेल हुनेछ ।
फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउने छन् । नेपाल पनि २०१४ पछि पहिलो पटक विश्वकप खेल्ने लक्ष्यका साथ तयारीमा छ । टि२० विश्वकप छनोट अघि नेपाल, आयरल्यान्ड, ओमान र युएई गरि चार देशबीच टि२० आई सिरिज हुनेछ ।
ग्लोबल टि२० विश्वकप छनोट बी भने जुलाई ११ देखि १७ सम्म जिम्बावेमा हुने छ । छनोट बी मा जिम्बावे, हङकङ, जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । फाइनलमा पुग्ने दुई टोली विश्वकपमा स्थान बनाउने छन् । ओमान भ्रमणको लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्य टोली घोषणा गरि सकेको छ । नेपाल फेब्रुअरी पहिलो साता ओमान जाने छ ।
ओमान भ्रमणमा नेपालको खेल तालिका
चारदेशबीचको टि२० आई सिरिज
माघ २८ ( ११ फेब्रुअरी) – नेपालविरुद्ध ओमान
माघ २९ ( १२ फेब्रुअरी ) – नेपालविरुद्ध युएई
फागुन २ ( १४ फेब्रुअरी ) – नेपालविरुद्ध आयरल्यान्ड
टि२० विश्वकप छनोट
फागुन ६ (१८ फेब्रुअरी) – नेपालविरुद्ध ओमान, ओमान एकेडेमी १
फागुन ७ ( १९ फेब्रुअरी ) – नेपालविरुद्ध फिलिपिन्स, ओमान एकेडेमी २
फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा, ओमान एकेडेमी १
फागुन १० ( २२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल ( समूह ए को विजेता र समूह बी को उपविजेता, आइसिसी एकेडेमी १
फागुन १० ( २२ फेब्रुअरी ) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता), आइसिसी एकेडेमी २
फागुन १२ ( २४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता), आइसिसी एकेडेमी १
नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी ।
टि२० विश्वकप २०२२ अष्ट्रेलियामा १६ अक्टोबर देखि नोभेम्बर १३ सम्म हुनेछ ।
सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता
सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता
पहिलो चरणको समूह ए – श्रीलंका, नामिबिया र छनोटबाट आउने दुई टोली
समूह बी – वेस्टइन्डिज, स्कटल्यान्ड र छनोटबाट आउने दुई टोली
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ । बिहीवार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर २ विकेटका जितका साथ फाइनल प्रवेश गरेको हो । कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]