default_image

8 years ago

November 26, 2016

महिला एसिया कपमा नेपाल र पाकिस्तानबीच शनिबारको खेल [तस्बिरमा]

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको पहिलो खेलमा शनिबार नेपाल ९ विकेटले पराजित भएको छ । ४८ रनको झिनो लक्ष्य पछ्याएको पाकिस्तानले १० ओभरमा १ विकेट गुमाउँदै जित हासिल गरेको थियो । पाकिस्तानका लागि रनआउट हुनुअघि ओपनर आयशा जाफरले २६ रन बनाइकी थिइन् । अर्की ओपनर जाभिरिया वाडुडले अविजित १६ र नैन अविदीले अविजित ३ रन बनाइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.१ ओभर ४७ रन मात्र बनाउन सक्यो । नेपाली टोलीका लागि सबैभन्दा बढी कप्तान रुविना क्षेत्रीले ११ रन बनाइन् । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । तस्बिरः रमन शिवाकोटी, टेक्निकल एनालिस्ट, नेपाली टोली

img_3255

img_3292

img_3332

img_3321

 

img_3343

img_3352

img_3365

 

January 19, 2025

बर्खा स्मृति क्रिकेट प्रतियोगिता हुँदै

हिमाल खरेल, बिर्तामेड झापाको बुद्धशान्तिमा रहेको बर्खा स्मृति प्रतिष्ठानले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई खेलमैदान र प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतिष्ठानले आयोजना गर्दै आएको झापाका पालिकाहरुबीचको पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता र खेल मैदानको अवस्थाबारे जानकारी गराएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । चन्द नेतृत्वको क्यानको एक टोलीले बुद्धशान्ति ३ […]

January 19, 2025

भारतीय कप्तान रोहित ९ वर्ष पछि रणजी ट्रफीमा फर्कदै

एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा ९ वर्ष पछि रणजी ट्रफीमा पुनरागमन गदैछन् । जनवरी २३ देखि सुरु हुने रणजी ट्रफीको अर्को चरणको खेलका लागि आफ्नो सहभागिता रहने रोहितले पुष्टि गरेका छन् । भारत र अस्ट्रेलियामा पछिल्ला आठ टेस्टमा खराब प्रदर्शन गरेपछि रोहितको फर्ममाथि प्रश्न उठेको छ । बिसिसिआईले केन्द्रीय सम्झौतामा रहेका सबै […]

January 19, 2025

दीपेन्द्र सम्मिलित गल्फको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो जित हासिल गरेको छ । गल्फले शनिवार दुवई क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ । गल्फले चौथो खेलिसक्दा दीपेन्द्रले भने लिगमा डेब्युको अवसर पाएका छैनन् । १ सय ६६ रनको लक्ष्य गल्फले १८.१ ओभरमा ४ विकेट […]

Success

Thank you for your time.