8 years ago
November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एसिसी महिला एसिया कप टि ट्वान्टीको पहिलो खेलमा नेपाली टोली कमजोर प्रदर्शन गरेको छ । पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.१ ओभर ४७ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि सबैभन्दा बढी कप्तान रुविना क्षेत्रीले ११ रन बनाइन् । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर ज्योति पाण्डे र इन्दु बर्माले समान ८ रन बनाए । करुणा भण्डारीले १ चौकासहित ६ रन बनाइन् । अर्की ओपनर काजल श्रेष्ठले १, नीरा राजोपाध्यायले २, सरिता मगरले १ रन बनाइन् । सिता मगर,नेरी थापा,सरस्वती कुमारी र सवनम कुमारी खाता पनि खोल्न सकेनन् ।
पाकिस्तानका लागि अमन अमिन, साना मिर र सादिया युसुफले समान २, इस्माभिया इक्वाल र विस्मा मारुफले समान १ विकेट लिए ।
December 23, 2024
एजेन्सी – भारतले सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीका आफ्ना खेलहरु युएईमा खेल्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष मोहसिन नक्वीले शेख नाह्यान अल मुबारकसँग भेट गरेपछि यो निर्णय लाई अन्तिम रुप दिइएको बताइएको छ। शेख नाह्यान युएईका वरिष्ठ मन्त्री र इमिरेट्स क्रिकेट बोर्डका प्रमुख पनि हुन् । पिसीबीका प्रवक्ता आमिर मीरका […]
December 22, 2024
काटमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले ६५ लाख रुपैयाँ बराबरको कार जिते । शनिबार फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्सँग ५ विकेटले पराजित भएपनि दीपेन्द्रले अन्य चार दाबेदारलाई पछि पार्दै कार जितेका हुन् । दीपेन्द्रले कार जित्नुका तीन प्रमुख आधार भने यस प्रकार छन् । ३. […]
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टी२० क्रिकेटमा कुनैपनि एक खेलाडीको प्रदर्शनले टोलीको हाार वा जित निर्धारण गर्नसक्छ । त्यति मात्रै होईन पुरै टोलीको मनोबल र मोमेन्टमलाई पनि फरक पार्ने गर्दछ । त्यसैले अक्सन वा अनुबन्ध गर्दा सबै टोलीले प्रमुख खेलाडीलाई पहिलो प्राथमिकतामा राख्छन् । नेपाल प्रिमियर लिग(एनपीएल) को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर […]