default_image

3 years ago

January 22, 2022

मिहिनेतले जुराएको जितेन्द्रको पुनरागमन

131 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

तीव्र गतिका बलर जितेन्द्र मुखियाले ७ वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । ओमानमा फेब्रुअरी तेस्रो सातादेखि सुरु हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि जितेन्द्रले २०१५ पछि सिनियर पूनरागमन गरेका हुन् । चोटपछि राम्रो उपचारको अभाव र त्यसपछि पर्याप्त अवसरको कमीले जितेन्द्र टोली बाहिर रहँदै आएका थिए ।

घरेलु प्रतियोगितामा लगातार राम्रो प्रदर्शनका साथ जितेन्द्र सिनियर टोलीमा फर्कन सफल भएका हुन् । सन् २०१४ टि२० विश्वकपका दौरान फ्याँकेको लगातार सटिक योर्करनै नेपाली क्रिकेटमा जितेन्द्रलाई सम्झने पहिलो प्रदर्शन हो । टि२० विश्वकपमा नेपालले अफगानिस्तानमाथि ऐतिहासिक जित निकाल्दा जितेन्द्र उच्च प्रदर्शनका साथ प्लेयर अफ द म्याच चुनिएका थिए । २०१५ मा आयरल्यान्डमा भएको टि२० ग्लोबल विश्वकप छनोटपछि जितेन्द्र नेपाली टोलीमा थिएनन् ।

‘धेरै समयपछि नेपाली टोलीमा पूनरागमन गर्दा एकदमै खुसी छु । नेपाली टोलीबाट खेल्दा जसलाई पनि खुसी हुन्छ । देशलाई प्रतिनिधित्व गर्दै विश्वकप छनोट खेल्न पाउनु गर्वको कुरा हो’, जितेन्द्रले भने, ‘नेपालको लागि खेल्नु आफैंमा सकारात्मक उर्जा र सौभाग्य हो । यसैले मलाई मनोबल उच्च बनाई राख्थ्यो । आफूलाई फिट र अभ्यास गरि राखेमा पुनरागमन गर्न सकिन्छ जस्तो पहिला देखिनै लागेको थियो । अन्तिममा पूनरागमन गरे । एकदमै खुसी छु ।’

‘मुख्य कुरा फिटनेसमा मैले धेरै सुधार गरे । निरन्तर अभ्यास गरिरहें । यि कुराहरुले सिनियर टोलीमा फर्कन सहयोग पुर्यायो’, उनले भने ।

जितेन्द्रले नयाँ बलको साथमा दमदार प्रदर्शन गर्दै आएका छन् । तर जितेन्द्र बलर भएपछि जुनसुकै अवस्थामा राम्रो गर्न सक्नुपर्ने बताउँछन् । ‘विश्वकप खेल्नु सबैभन्दा ठूलो कुरा हो । हामीले एकपटक विश्वकप खेलिसकेका छौं । तर राम्रो टोलीले एकपटक खेलेर मात्र हुँदैन । हाम्रो प्रयास विश्वकपको यात्रा पुन: दोहोर्याउनुपर्छ भन्ने छ । विश्वकप छनोट ठूलो अवसर हो । चुनौती पनि त्यतिनै छ’, उनले भने ।

जितेन्द्रले अनुभवी बलरको रुपमा टोलीमा स्थान बनाएपछि जिम्म्मेवारी पनि रहेको बुझेका छन् । ‘प्रमुख बलर भएपछि जिम्मेवारी धेरै हुन्छ । खासमा टि२० खेल भनेको बलरको खेल बढी हो । एक दुई ओभर कसैले राम्रो गर्यो भने खेलको रुप परिवर्तन हुन्छ । त्यसैले जिम्मेवारी पनि थपिएको छ । म राम्रो भन्दा राम्रो प्रदर्शन गर्न चाहन्छु’, उनले भने ।

नेपाली क्रिकेटमा चोटको राम्रो उपचार नहुँदा खेलाडीले करिअरनै धरापमा पार्दै आएका छन् । चोटपछि पूनरागमन गर्न नेपाली क्रिकेटमा सहज पनि छैन । तर जितेन्द्रले लामो धैर्यता र मिहिनेतपछि पूनरागमन गर्न सफल भए । सबै भन्दा ठूलो कुरा हार मान्न नहुने जितेन्द्र बताउँछन् ।

‘आफूमाथि विश्वास राख्नुपर्छ । खेलमा लय तल र माथि हुन्छ । जुन सुकै खेलमा प्रतिस्पर्धा उच्च छ । तर पनि आफूमाथि विश्वास छ । त्यहिँ अनुसारको मिहिनेत र लगनशिल भएर काम गर्ने हो भने एकदिन पूनरागमन गर्न सकिन्छ । समय लाग्छ तर हार मान्नु हुँदैन’, पूनरागमन बारे मुखियाले भने ।

गत माघमा त्रिभुवन आर्मी क्लबलाई प्रधानमन्त्री एकदिवसिय प्रतियोगिता उपाधि दिलाउन मुखियाको योगदान महत्वपूर्ण थियो । आर्मीका प्रमुख तीन खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्ल टि१० को कारण टोलीमा नभएपछि कप्तान विनोद भण्डारीलेनै सुरुमै उपाधि जित्न कठिन हुने बताएका थिए । प्रमुख खेलाडी नहुँदा मुखियाले खेल्ने राम्रो अवसर पाएपछि त्यसको भरपूर्ण फाइदा उठाए । त्यसपछि उनले घरेलु क्रिकेटमा लगातार उच्च प्रदर्शन गर्दै आएका छन् ।

आर्मीले नेपाल एपिएफ क्लबलाई ३३ रनले पराजित गर्दै उपाधि जितेको थियो । फाइनलमा एपिएफका सुबास खकुरेल, शरद भेषावकर र आसिफ शेख प्रमुख तीन ब्याटरलाई आउट गर्दै जितेन्द्र प्लेयर अफ द फाइनल चुनिएका थिए । सेमिफाइनलमा बागमती प्रदेशविरुद्ध मुखियाले ८.२ ओभरमा १ मेडन सहित २४ रन खर्चेर ४ विकेट लिँदै फाइनलमा पुर्याएका थिए ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणमा पनि उनले राम्रो प्रदर्शन गरे । काठमाडौं किंग्स इलेभेन एलिमिनेटरबाटै बाहिरियो । मुखियाले आफ्नो उच्च लयलाई निरन्तरता दिएका थिए । पहिलो खेलमै ललितपुर प्याट्रियट्सविरुद्ध ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएका थिए । मुखियाले इपिएलमा ५ खेलमा ९ विकेट लिन सफल रहे ।

यसै साता सम्पन्न प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा राम्रो प्रभाव छाड्दै सिनियर टोलीमा स्थान पक्का गरेका हुन् । पहिलो खेलमा आर्मी कर्णालीसँग १ सय १६ रनमा अल आउट भएको थियो । १० खेलाडीमा सिमित आर्मीलाई सानदार जित दिलाउन मुखियाले उत्कृष्ट प्रदर्शन गरेका थिए । मुखियाले ४ खेलमा १५ रन खर्चेर ४ विकेट लिएपछि आर्मी ६३ रनले विजयी भएको थियो ।

नेपाल पुलिस क्लबसँग मुखियाले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएका थिए । मुखियाको प्रदर्शनबाट पुबुदु दासानायके प्रभावित बनिसकेका थिए । मुखियाले पुबुदुकै प्रशिक्षकमा नेपाली सिनियर टोलीमा डेब्यू गरेका थिए । मुखियालाई पुबुदुले तयार पारेको खेलाडी पनि भनिन्छ । २०१५ मा पुबुदुले नेपाली क्रिकेट छाडे । यता मुखियाले चोटसँग लड्न संघर्ष सुरु गरेका थिए ।

राष्ट्रिय टोलीमा पुबुदु र जितेन्द्रको पूनरागमन पनि सँगसँगै भएको छ । यसले मुखियालाई थप सहज हुन सक्छ । पुबुदु खेलाडीमाथि बढी विश्वास राख्छन् । नेपाललाई टि२० विश्वकपमा पुर्याउन मुखियाले २०१३ को ग्लोबल छनोटमा पनि उच्च प्रदर्शन गरेका थिए । पछिल्लो समय २०१५ को ग्लोबल छनोटपछि टिमबाट बाहिरिएका जितेन्द्र पुन ग्लोबल छनोट मार्फत टोलीमा फर्कंदै छन् । उनको लक्ष्य टि२० विश्वकप हुनेछ । नेपालको आशा २०१४ को विश्वकपमा जस्तो हुनेछ ।

मुखिया राम्रो उपचार नपाउँदा सिनियर टोलीबाट लामो समयदेखि टाढा रहनु परेको हो । ‘चोट (इन्जुरी) पछि खेलाडीहरुलाई अलि गाह्रो हुन्छ । विशेषगरि तीव्र गतिका बलरलाई ब्याक चोट निकै नराम्रो हो । ब्याक इन्जुरी ठिक पार्न धेरै समय लगाउने रहेछ, त्यसैले मलाई धेरै समय लाग्यो’, मुखियाले इपिएलको समयमा भनेका थिए ।

मुखियालाई सन् २०१४ को टि२० विश्वकपपछि उक्त समस्या सुरु भएको थियो । उनी नेपालमा धेरै ठाउँमा उपचारको लागि धाए । तर कतै ठिक भएन । अन्तिममा भारतको मुम्बईमा गएर उपचार गराएपछि आयरल्यान्ड टि२० विश्वकप ग्लोबल छनोट खेल्न गएका थिए । तर त्यसपछि पुन चोट बल्झिएको थियो । नेपालमा राम्रो फिजियो र चिकित्सकको कमीको कारण उनलाई ठिक हुन धेरै समय लाग्यो ।

‘समयमै राम्रो उपचार पाएको भए बढीमा ६ महिनामानै ठिक हुन सक्थें । तर २ वर्षभन्दा बढी लाग्यो,’ उनले सुनाए ।

नेपाली खेलाडीले चोटपछि पूनरागमन गर्न नसक्नुको मुख्य कारण राम्रो उपचारको कमीनै भएको जितेन्द्र बताउँछन् । ‘खासमा नेपालमा खेलाडीले पूनरागमन गर्न नसक्नुको कारण राम्रो उपचारको कमी हो । हामीसँग न ट्रेनर छ । न फिजियो । अहिले विस्तारै त्यसमा ध्यान गएको छ । पहिला चोट भएपछि कसरी ठिक हुने केहिपनि थाहा थिएन । चोटपछि उपचार प्रक्रिया र पूनरागमन कुनै थाहानै थिएन’, चोटपछि भोगेको समस्या बारे भने ।

‘हामीले खेल्ने बेला सिकाउने मान्छे पनि कोहि थिएन । आफूलाई जति थाहा थियो त्यति गर्दथ्यौं । चोटले गर्दा कति जनाले क्रिकेट खेल्न छाडिसके,’ उनले भने, ‘चोट भएपछि के गर्ने भन्ने बाटो देखाउने मान्छेनै भएन । त्यो समय कोहि थिएन । त्यसैले हामीलाई धेरै गाह्रो भयो । चोटपछि नेपाली खेलाडीलाई हेर्ने मान्छे कोहि छैन । खेलाडीले आफैंले गरे ठिक छ, नत्र करिअरनै सकिने डर छ ।’

‘खेलाडी फिट हुँदा देशको लागि खेल्छन् । तर खेलको दौरानको समयमा चोट बोकेमा कसैले पनि उपचार खर्च हेर्दैन । नेपालमा अझैपनि क्रिकेट खेलेरै बाच्न धौधौ छ,’ उनले सुनाए । खेलाडीको उपचारमा नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कसैलाई पनि मतलब छैन । यो तितो अनुभवबाट मुखियाबाट अछुतो रहेनन् ।

‘स्पोर्ट्स चोटमा खर्च धेरै हुन्छ । नेपाली खेलाडीको हकमा हेर्ने हो भने आम्दानी त्यतिधेरै छैन । बाहिर गएर आफ्नै खर्चमा उपाचार गराएर आउने राम्रो पैसा हुँदैन । देशको लागि खेलिरहेका छौं । चोट लागेपछि सम्बन्धित निकायले हेरेको भए मलाई लाग्दैन कुनैपनि खेलाडीले कमब्याक बारे चिन्ता लिन्छ । आफैंले पैसा खर्च गर्ने, कहाँ जाने को सँग उपचार गर्ने थाहा पनि भएन । त्यसले गर्दा पनि धरै गाह्रो भयो,’ उनले अनुभव साटे ।

नेपाली टोलीमा फर्किन मुखियाले कडा मिहिनेत गरेको बताउँछन् । ‘घरमा (रौतहट) सिमेन्टको विकेट बनाएर अभ्यास र फिटनेस गरिरहेको हुन्थें । त्यसले मलाई निकै सहयोग पुग्यो । आफैंलाई म पूनरागमन गर्न सक्छु भन्ने आत्माविश्वास आयो । उर्जा थपियो । राम्रो प्रदर्शन हुनुमा त्यो मिहिनेत देखिएको हो ।

पछिल्लो समय मुखिया प्रदर्शन मात्र होईन मैदानमा उनले गर्ने सेलेब्रेसन पनि फरक पाइन्छ । खेलाडीमा इख कतिको हुन्छ भन्ने जवाफको प्रश्न दिँदै मुखियाले भने, ‘इख त एकदमै धेरै हुन्छ । किनभने इख छैन भने पुनरागमन गर्ने नसोचेपनि हुन्छ । जोसँग इख छैन त्यसले पुनरागमनको लागि सोच्दैन ।’

अब जितेन्द्रको पुरै ध्यान ग्लोबल टि२० छनोट ए मा हुनेछ । नेपाललाई विश्वकप खेल्न समूह चरणमा उच्च प्रदर्शनका साथ सेमिफाइनल जित्दै फाइनलमा स्थान बनाउनु पर्ने हुन्छ । मुखिया ओमानमा नेपाली सिनियर टोलीको पहिलो रोजाईमा खेल्ने बलियो सम्भावना छ । त्यसअघि नेपालले आयरल्यान्ड, ओमान र युएई जस्ता बलिया देशसँग टि२० आई सिरिज खेल्नेछ । विश्वकप खेल्ने वा नखेल्ने यी तीन देशसँगको नतिजा नै निर्णायक बन्न सक्छ । समूह चरणमा ओमानको सामना गर्नेछ । सेमिफाइनलमा आयरल्यान्ड र युएई मध्य एकको सम्भावना देखिन्छ । त्यसले पनि मुखियालाई आफ्नो प्रदर्शनमा अझ निखार ल्याउन सहज हुनेछ ।

पछिल्लो समय घरेलु क्रिकेटमा जितेन्द्रको नयाँ बलका साथ प्रदर्शन निकै उत्कृष्ट छ । डेथ ओभरमा भने मुखिया केहि महँगो सावित हुँदै आएका छन् । मुखिया अनुभवको हिसाबमा टोलीका प्रमुख तीव्र गतिका बलर हुन् । ओमान भ्रमणमा मुखियासँगै करण केसी, अभिनाश बोहरा र कमलसिंह ऐरी तीव्र गतिका बलर छन् । तीन तीव्र गतिका बलर प्लेइङ ११ मा खेल्ने सम्भावना देखिन्छ । नेपाल मुखियाबाट पावर प्लेमा उत्कृष्ट सुरुवात चाहन्छ ।

जितेन्द्र टोलीबाट बाहिरिंदा र अहिलेको अवस्था धेरै फरक छ । त्यो समय डिभिजन थ्री मा अड्किएको नेपाल अहिले ओडिआई मान्यता प्राप्त देश हो । सात वर्षमा नेपाली क्रिकेट र विश्व क्रिकेटमा धेरै परिवर्तन आएको छ । त्यसैले जितेन्द्रलाई पूनरागमन सहज पक्कै हुनेछैन । तर उनी त्यस चुनौतीको लागि पनि तयार छन् ।

जितेन्द्रलाई टोली बाहिर रहनुको पिडा यो सात वर्षमा राम्रोसँग थाहा छ । उनले त्यो पिडाले झन उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । सिनियर टोलीमा प्रतिस्पर्धा उच्च छ । निरन्तर उत्कृष्ट प्रदर्शन विना टोलीमा स्थान बनाउन सहज छैन । त्यसको लागि उनले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस् : ‘जितेन्द्र मुखिया अझै छ, क्रिकेट छाडेको छैन’

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.