8 years ago
November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एसिसी महिला एसिया कप टि ट्वान्टीमा पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्नेछ । नेपालले टस जितेर ब्याटिङ रोजेको हो । खेल केही समयमा सुरु हुनेछ ।
रुविना क्षेत्रीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा सबनम राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, रश्मि शर्मा, करुणा भण्डारी ,सरिता मगर, सिता रानामगर, नेरी थापा मगर, निरा राजोपाध्याय रोशनी बोहरा, शोभा आले र संगिता राई छन् । शोभाले पुनरागमन गरेकी हुन् भने संगिता पहिलो पटक टोलीमा समेटिएकी हुन् । टोलीको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्व खेलाडी राजु बस्न्यात छन् ।
यसअघि पहिलो खेलमा भारतले बंगलादेशलाई ६४ रनले हराएको छ । पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । जवाफमा बंगलादेशले १८.२ ओभरमा सबै विकेट गुमाएर ५४ रन मात्र बनाउन सक्यो ।
November 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा टोली बिहीवार स्वदेश फर्किएको छ । ऐतिहासिक सफलता दिलाउन सफल युवा महिला टिमलाई आज नेपाल क्रिकेट संघ (क्यान)ले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गर्यो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, क्यान अन्य पदाधिकारीहरू, […]
November 14, 2024
एजेन्सी – घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानमाथि पहिलो टि ट्वान्टी आई खेलमा बिहीवार सहज जित हासिल गरेको छ । अस्ट्रेलिया डकवर्थ लुईस पद्दतीमा २९ रनले विजयी भएको हो । पहिलो टि ट्वान्टी आईमा जितका साथ अस्ट्रेलियाले ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । वर्षाका कारण खेल ७ ओभरमा छोट्याईएको थियो । […]
November 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाललाई पहिलो पटक आइसिसी यु १९ महिला विश्व कपमा छनोट गराउन सफल टोलीलाई नगद सहित सम्मान गरिने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले विश्व कपमा नेपाललाई पुर्याउन सफल टोलीका खेलाडी तथा अफिसियलहरुलाई नगद सहित सम्मान गर्ने भएको छ । क्यानले बिहीवार एक विज्ञप्ती जारी गर्दै विश्व कपमा छनोट गराउन सफल खेलाडीलाई […]