default_image

8 years ago

November 26, 2016

नेपाल एसिया कपमा आज पाकिस्तानसँग भिड्दै

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा आजबाट सुरु हुने महिला एसिया कपमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बैंककको ट्रेडथाई मैदानमा खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ मा सुरु हुनेछ ।

8
रुविना क्षेत्रीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा सबनम राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, रश्मि शर्मा, करुणा भण्डारी ,सरिता मगर, सिता रानामगर, नेरी थापा मगर, निरा राजोपाध्याय रोशनी बोहरा, शोभा आले र संगिता राई छन् । शोभाले पुनरागमन गरेकी हुन् भने संगिता पहिलो पटक टोलीमा समेटिएकी हुन् । टोलीको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्व खेलाडी राजु बस्न्यात छन् ।
प्रतियोगितामा त्यस्तै अन्य टेस्ट मान्यता प्राप्त सदस्य भारत, बंगलादेश, श्रीलंकासहित थाइल्यान्डको पनि सहभागिता छ । आजै अर्को खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । बिहीबारको अभ्यास खेलमा नेपाल थाइल्यान्डसँग १९ रनले पराजित भएको थियो ।

January 19, 2025

बर्खा स्मृति क्रिकेट प्रतियोगिता हुँदै

हिमाल खरेल, बिर्तामेड झापाको बुद्धशान्तिमा रहेको बर्खा स्मृति प्रतिष्ठानले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई खेलमैदान र प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतिष्ठानले आयोजना गर्दै आएको झापाका पालिकाहरुबीचको पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता र खेल मैदानको अवस्थाबारे जानकारी गराएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । चन्द नेतृत्वको क्यानको एक टोलीले बुद्धशान्ति ३ […]

January 19, 2025

भारतीय कप्तान रोहित ९ वर्ष पछि रणजी ट्रफीमा फर्कदै

एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा ९ वर्ष पछि रणजी ट्रफीमा पुनरागमन गदैछन् । जनवरी २३ देखि सुरु हुने रणजी ट्रफीको अर्को चरणको खेलका लागि आफ्नो सहभागिता रहने रोहितले पुष्टि गरेका छन् । भारत र अस्ट्रेलियामा पछिल्ला आठ टेस्टमा खराब प्रदर्शन गरेपछि रोहितको फर्ममाथि प्रश्न उठेको छ । बिसिसिआईले केन्द्रीय सम्झौतामा रहेका सबै […]

January 19, 2025

दीपेन्द्र सम्मिलित गल्फको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो जित हासिल गरेको छ । गल्फले शनिवार दुवई क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ । गल्फले चौथो खेलिसक्दा दीपेन्द्रले भने लिगमा डेब्युको अवसर पाएका छैनन् । १ सय ६६ रनको लक्ष्य गल्फले १८.१ ओभरमा ४ विकेट […]

Success

Thank you for your time.