default_image

3 years ago

January 20, 2022

‘नेपाललाई विश्वकप खेलाउनु छ’ – लोकेश

252 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पहिलोपटक राष्ट्रिय क्रिकेट टोलीमा पर्न सफल युवा ब्याटर लोकेश बमले नेपाललाई टि२० विश्वकप खेलाउने लक्ष्य रहेको बताएका छन् ।

क्यानले विहीबार विहान आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि लोकेश र विवेक यादवलाई पहिलोपटक समेट्दै १६ सदस्य टोली घोषणा गरेको थियो । ओमानमा हुने छनोट प्रतियोगिताका लागि टोलीमा परेपछि लोकेशले हाम्रो खेलकुदसँग कुरा गर्दै नेपाललाई विश्वकप पुर्याउने लक्ष्य रहेको बताएका हुन् ।

‘पहिलो पटक टोलीमा पर्दा खुसी त लाग्छ नै । अब त्यहाँ कसरी राम्रो गर्ने हो त्यो सोचिरहेको छु’, लोकेशले भने, ‘रितले भनेपछि थाहा पाएँ । मेरो लागि यो सबैभन्दा ठूलो अवसर हो । मैले आफूलाई पनि प्रमाणित गर्नुछ । त्यो भन्दा ठूलो कुरा नेपाललाई विश्वकप छनोट गराउनु छ ।’

लोकेश सन् २०१९ मा पोखरा प्रिमियर लिग (पिपिएल) मा विराटनगर टाइटन्सबाट चितवन राइनजोजविरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गरेपछि चर्चामा आएका थिए । त्यसपछि लोकेश सिनियर टोलीको बन्द प्रशिक्षणमा परेपनि अन्तिम टोलीमा स्थान बनाउन सकेका थिएनन् । बुधबार सम्पन्न प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सानदार प्रदर्शनका साथ लोकेशले विश्वकप छनोट टोलीमा आफ्नो स्थान पक्का गरेका हुन् ।

नेपाल एपिएफ क्लबलाई उपाधि जिताउन लोकेशले उत्कृष्ट प्रदर्शन गरेका थिए । लोकेशले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध मात्र १८ बलमा ९ छक्का र २ चौकासहित ६६ रनको अविजित इनिङ खेलेका थिए । जसक्रममा १४ बलमै अर्धशतक प्रहार गर्दै सनसनी मच्चाएका थिए । समूह चरणमा लोकेशले बागमतीविरुद्ध २१ बलमै अर्धशतक प्रहार गरेका थिए । त्यहिँ आक्रामक ब्याटिङबाट प्रभावित हुँदै प्रशिक्षक पुबुदु दासानायकेले लोकेशलाई टिममा राखेका हुन् ।

लोकेशले अहिले सम्म मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई प्रत्यक्ष भेटेका भने छैनन् । प्रशिक्षक दासानायकेसँग थप नयाँ कुरा सिक्न उत्साहित रहेको उनले बताए । ‘प्रधानमन्त्री कपमा मैले अरुले भन्दा फरक खेलेको छु । त्यसैले मेरो आत्माविश्वास उच्च छ । मेरो खेल्ने शैली यहि हो । यसअघि मैले राम्रो प्रदर्शन गर्न सकिनँ’, लोकेशले भने ।

लोकेश अघिल्लो महिना नेपालको यू१९ टोलीमा भने पर्न सकेनन् । क्यानले बोलाएको पहिलो चरणको ३० सदस्य टोलीमा पनि लोकेश अटाएका थिएनन् । ‘यू१९ मा नपर्दा खासै दुःख लागेको थिएन । जे हुन्छ राम्रोको लागि हुन्छ सोचेको थिएँ । उता गएको भए यता एपिएफमा जागिर हुने थिएन । अब एपिएफमा जागिर पनि पक्का जस्तै भयो’, उनले भने ।

लोकेशले गतवर्ष प्रधानमन्त्री कप र मेयर्स कप त्रिभुवन आर्मी क्लबबाट खेलेका थिए । तर फागुनमा मेयर्स कपपछि उनले आर्मी छाडेका थिए ।

‘विश्वकप भनेको सबैभन्दा ठूलो अवसर हो । सानैदेखि अरु देश खेलेको हेर्दै आएको छु । सन् २०१४ मा नेपाल खेल्दा पनि खुसी लागेको थियो । फेरि नेपाललाई विश्वकप खेलाउने अवसर पाएका छौं । हामी आफैंले मिहिनेत गरेर राम्रो खेल्दै पुर्याउने हो । त्यहाँ गएर राम्रो कसरी गर्ने भन्ने सोचिरहेको छु । मेरो मन र मस्तिष्कमा नेपाललाई कसरी छनोट गराउने भन्ने छ’, उनले भने ।

‘सुरुमा नेपाली टिममा पर्न सजिलो छ । नेपालको टिममा पर्न धेरै गाह्रो छैन जस्तो लाग्छ । निरन्तर प्रदर्शन गर्दै टिममा परिरहन गाह्रो छ । म त्यहि सोचि राखेको छु । अब प्रदर्शनमा भर पर्छ’, लोकेशले भने । लोकेशले एपिएफमा आफूले भने अनुसारको ब्याटिङ क्रममा खेल्न पाउँदा सहज भएको बताए ।

आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ । ग्लोबल छनोट ए मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी मा छन् । आयरल्यान्ड, युएई, जमर्नी र बहराइन समूह ए मा छन् । समूह चरणको खेलपछि हरेक समूह शीर्ष २-२ टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

नेपालले १८ फेब्रुअरीमा ओमानसँग खेल्नेछ । १९ फेब्रुअरीमा पिलिपिन्स र २१ फेब्रुअरीमा क्यानडासँग खेल्ने तालिका । तर पनि आइसिसी र क्यानले औपचारिक रुपमा खेल तालिका भने घोषणा गरेका छैनन् । सेमिफाइनल २२ फेब्रुअरी र २४ फेब्रुअरीमा फाइनल खेल्नेछ ।

नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी ।

दुई वर्षअघि लोकेशले पिपिएलमा चितवनविरुद्ध गरेको आक्रामक प्रदर्शनपछि तयार पारिएको लेख : यो त सुरुवात हो..

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.