3 years ago
January 19, 2022
एजेन्सी – कप्तान टेम्बा बभुमा र रास्सी भान डर डुसेनको उत्कृष्ट शतकमा दक्षिण अफ्रिकाले पहिलो ओडिआई खेलमा भारतलाई ३१ रनले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा घरेलु टोली दक्षिण अफ्रिकाले १–० को अग्रता लिएको छ ।
२ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रन बनायो । भारतका ओपनर शिखर धवनले ८४ बलमा १० चौकासहित सर्वाधिक ७९ रनको योगदान दिए । शार्दुल ठाकुर ४३ बलमा ५ चौका र १ छक्कासहित ५० रनमा अविजित रहे । अन्तिम बलमा एक रन बटुल्दै ठाकुरले आफ्नो ओडिआईको पहिलो अर्धशतक पूरा गरेका थिए ।
विराट कोहली ६३ बलमा ३ चौकासहित ५१ रनमा आउट भए । स्पिनर एडेन माक्ररमको नवौं ओभरको तेस्रो बलमा कप्तानमा डेब्यू गरेका ओपनर लोकेश राहुल १२ रनमा एज लागेर विकेटकिपर क्विन्टन डि ककबाट क्याच आउट भए । दोस्रो विकेटका लागि धवन र कोहलीले ९२ रनको साझेदारी गर्दै राम्रो बाटोमा डोर्याएका थिए । स्पिनर केशव महाराजले बोल्ड आउट गरेपछि दक्षिण अफ्रिका खेलमा फर्किएको थियो ।
स्पिनर तबरेज शाम्सीको बलमा कोहली मिड विकेटमा बभुमाबाट क्याच भएपछि भारतलाई ठूलो धक्का लागेको थियो । श्रेयस ऐर १७, ऋषभ पन्त १६ र वंकटेश ऐर २ रनमा आउट भएपछि भारतको जितको सम्भावना टाढिएको थियो ।
एन्डिले फेहलुकवयोको बलमा पन्तलाई क्विन्टन डी ककले उत्कृष्ट स्टम्पिङ गराएपछि दक्षिण अफ्रिका जितको सम्भावना बलियो बनेको थियो ।दक्षिण अफ्रिका लुन्गी एनगिडी, तबरेज शाम्सी र एन्डिले फेहलुकवयोले २–२ विकेट लिए । एडेन माक्ररम र केशव महाराजले १–१ विकेट लिए ।
त्यसअघि बोल्यान्ड पार्क पार्लमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २ सय ९६ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका रास्सी भान डर डुसेन ९६ बलमा ९ चौका र ४ छक्कासहित १ सय २९ रनको सानदार शतकीय इनिङ खेले । डुसेनको यो ओडिआई करिअरको दोस्रो शतक र उच्च प्रदर्शन हो । कप्तान टेम्बा बभुमा १ सय ४३ बलमा ८ चौकासहित १ सय १० रनमा क्याच आउट भए ।
चौथो विकेटका लागि बभुमा र डुसेनले १ सय ८४ बलमा २ सय ४ रनको दोहोरो शतकीय साझेदारी गर्दै राम्रो योगफलमा पुर्याएका थिए । ओपनर क्विन्टन डि कक ४१ बलमा २ चौका सहित २७ रनमा बोल्ड आउट भए । जान्नेमान मलान ६ र एडेन माक्ररम ४ रनमा आउट भए । डेविड मिलर २ रनमा अविजित रहे । भारतका जस्प्रित बुमराहले १० ओभरमा ४८ रन खर्चेर सर्वाधिक २ विकेट लिए ।
रविचन्द्रन आश्विनको नाममा १ विकेट रह्यो । दोस्रो ओडिआई खेल शुक्रबार हुनेछ । तीन टेस्ट खेलको सिरिज दक्षिण अफ्रिकाले २-१ ले जितेको थियो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]