3 years ago
January 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध खराब सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले सुरुवाती ११ ओभरमा ६ विकेट गुमाउँदै ८१ रन बनाएको छ ।
एपिएफमा शरद भेषावकर ८ रनमा अविजित छन् । तेस्रो नम्बरका ब्याटर लोकेश बमले आक्रामक ब्याटिङका साथ राम्रो सुरुवात दिलाएपनि बाँकी १९ रन जोड्न चार विकेट गुमाएपछि दबाबमा परेको छ । तीव्र गतिका बलर गुलशन झाको दोस्रो ओभरको दोस्रो बलमा ओपनर आसिफ शेख एज लागेर विकेटकिपर दीलिप नाथबाट ९ रनमा क्याच आउट भए ।
स्पिनर सागर ढकालको चौथो ओभरको चौथो बलमा लोकेशले ब्यक्तिगत २६ रनमा जीवनदान पाए । डिप विकेटमा गुलशन झा ले सहज क्याच ड्रप गरेका थिए । सागरले अन्तिम बलमा प्रदीप ऐरी ७ रनमा बोल्ड आउट गर्दा एपिएफ ४३–२ को अवस्थामा थियो ।
दीपेन्द्र सिंह ऐरीको पाँचौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका लोकेश बम लङअनमा अनिल शाहबाट २७ रनमा क्याच आउट भए । लोकेशले १५ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।
लोकेशले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध १४ बलमै अर्धशतक प्रहार गरेका थिए । समूह चरणमा बागमती प्रदेशविरुद्ध लोकेशले २१ बलमा अर्धशतक प्रहार गरेका थिए ।
सागरको छैटौं ओभरको अन्तिम बलमा दीपक बोहरा स्लिपमा ६ रनमा आरिफ शेखबाट क्याच भएपछि एपिएफले खराब सुरुवात गरेको थियो । दीपेन्द्रको बलमा पुरन विक शून्यमा आरिफ शेखबाट क्याच भएपछि ६.२ ओभरमा एपिएफ ६२–५ को अवस्थामा पुगेको थियो ।
सन्दीप जोरा २० बलमा २ चौका र १ छक्कासहित २४ रनमा आउट भए । सन्दीप दीपेन्द्रकै बलमा सागरबाट क्याच भएका थिए ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]