default_image

3 years ago

January 18, 2022

आर्मीलाई हराउँदै एपिएफ फाइनलमा

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर लोकेश बम र आसिफ शेखको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा पुगेको छ । एपिएफले दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै फाइनलमा नेपाल पुलिस क्लबसँग भेट पक्का गरेको छ ।

२ सय ३१ रनको विशाल विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८३ रन बनायो । आर्मीका राजेश पुलामी मगरले २१ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ३८ रन बनाए । युवा ओपनर भीम सार्कीले १९ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । साहब आलम १४ बलमा २ छक्कासहित २१ रनमा अविजित रहे । सुशान भारी १० बलमा २ चौकासहित १२ रनमा अविजित रहे ।

आर्मीलाई भीम सार्की र हरि चौहानले पहिलो विकेटका लागि ५.३ ओभरमा ५५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । भीम शरद भेषावकरको बलमा भुवन कार्कीबाट क्याच आउट भए । तुल बहादुर थापालाई शरदले दुई रनमा एलबीडब्लू आउट गरे । शरदले नै चौहानलाई सन्दीप जोराबाट २१ रनमा क्याच गराए ।

तीव्र गतिका बलर अभिनाश बोहराले नवौं ओभरको पहिलो बलमा विनोद भण्डारीलाई एक र दोस्रो बलमा कुशल मल्ललाई सात रनमा आउट गरेपछि आर्मीको जितको सम्भावना टाढिएको थियो । पहिलो खेल खेलेका सुमित श्रेष्ठले १८ बलमा २ चौका र १ छक्का सहित २४ रन जोडे ।
एपिएफका शरद भेषावकरले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । भुवन कार्कीले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले २, दीपक बोहरा र किशोर महतोले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । एपिएफका ओपनर आसिफ शेखले ४३ बलमा १० चौका र ५ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए । लोकेश बमले विष्फोटक ब्याटिङ गर्दै १८ बलमा २ चौका र ९ छक्कासहित ६८ रनमा अविजित रहे ।

लोकेशले १४ बलमै अर्धशतक पूरा गरेका थिए । १४ बलमा अर्धशतक नेपाली टि२० घरेलु प्रतियोगिताकै सर्वाधिक छिटोमा पर्दछ । प्रदीप ऐरी ५३ बलमा ७ चौका र १ छक्कासहित ५७ रनमा अविजित रहे । एपिएफलाई ओपनर प्रदीप ऐरी र आसिफ शेखले पहिलो विकेटका लागि १५ ओभरमा १ सय ५० रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए ।

१ सय ५० रनको शतकीय साझेदारी जारी प्रतियोगिताकै उच्चमा पर्दछ । यसअघि प्रदेश २ विरुद्धनै आसिफ र प्रदीपले १ सय २० रनको शतकीय साझेदारी गरेका थिए । सुमित श्रेष्ठको बलमा ठूलो सट खेल्ने धुनमा डिप मिड विकेटमा क्याच भएपछि शतकबाट चुकेका थिए । शरद भेषावकर ९ रनमा आउट भए ।

आर्मीका जितेन्द्र मुखिया र सुमित श्रेष्ठले १-१ विकेट लिए । पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल बुधबार हुनेछ । विजेताले पाँच लाख र उप विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

पूर्व टोली आर्मीविरुद्ध लोकेशको छक्का वर्षात

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.