3 years ago
January 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर लोकेश बमले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा नेपाल एपिएफ क्लबबाट आफ्नो पूर्व टोली त्रिभुवन आर्मी क्लबविरुद्ध १४ बलमै अर्धशतक पूरा गरेका छन् । लोकेशको विष्फोटक ब्याटिङको सहयोगमा एपिएफले आर्मीलाई २ सय ३१ रनको विशाल लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । चौथो नम्बरमा ब्याटिङ गरेका लोकेश बमले मात्र १८ बलमा २ चौका र ९ छक्कासहित ६८ रनको अविजित विष्फोटक इनिङ खेले । नेपाली टि२० घरेलु क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक हो ।
ओडिआईमा भने पवन सरार्फको नाममा १३ बल मै अर्धशतक छ । पवनले गत वर्ष नेपाल पुलिस क्लबबाट लुम्बिनी प्रदेशविरुद्ध १३ बलमै अर्धशतक पूरा गरेका थिए । लोकेश १७ औं ओभरको तेस्रो बलमा शरद भेषावकर स्क्वायर लेगमा राजेश पुलामी मगरबाट क्याच आउट भएपछि लोकेश क्रिजमा आएका थिए । नेपाली क्रिकेटका एक उत्कृष्ट तीव्र गतिका बलर जितेन्द्र मुखियालाई पहिलो बलमै छक्काका साथ लोकेशले सुरुवात गरेका थिए ।
पाँचौं र छैटौं बलमा लोकेशले सानदार छक्का प्रहार गरेका थिए । १८ औं ओभरको दोस्रो बलमा हरि चौहानलाई चौका र पाँचौं बलमा छक्का प्रहार गर्दै विष्फोटक सुरुवात गरे । तेस्रो र चौथो बल लोकेशले डट खाए । अन्तिम बलमा एक रन लिँदै स्ट्राइक क्रिजमा राख्दा लोकेश ८ बलमा २९ रनमा थिए । १९ औं ओभरमा जितेन्द्र मुखियालाई लोकेशले दोस्रो, तेस्रो र चौथो बलमा सानदार छक्काका साथ खेललाई रोमान्चक बनाए ।
२० औं ओभरको पहिलो बलमा स्पिनर सुशान भारीलाई स्टेटमा चौका प्रहार गर्दै लोकेशले १४ बलमा अर्धशतक पूरा गरेका थिए । लगत्तै अर्को बलमा लोकेशले उत्कृष्ट छक्का प्रहार गरे । पाँचौं बलमा लोकेशले छक्का प्रहार गर्दै विष्फोटक अन्त्य गरेका थिए । आसिफ शेख ४३ बलमा १० चौका र ५ छक्कासहित ८४ रनमा आउट भए । प्रदीप ऐरी ५३ बलमा ७ चौका र १ छक्कासहित ५७ रनमा अविजित रहे ।
लोकेशले गतवर्ष प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता र काठमाडौं मेयर्स कप प्रतियोगिता त्रिभुवन आर्मी क्लबबाट खेलेका थिए । तर फागुनमा मेयर्सकप खेलेपछि लोकेशले आर्मी छाडेका थिए । लोकेश यसै प्रतियोगिता मार्फत एपिएफबाट खेलेका हुन् । लोकेशले आफ्नो पूर्व टोली आर्मीविरुद्ध छक्काको वर्षा गराउँदा एपिएफले विशाल योगफल बनाएको हो ।
नेपालका लागि यू-१९ टोलीबाट खेलि सकेका लोकेश पछिल्लो समय सिनियर टोलीमा पर्दै आएपनि अन्तिम टोलीमा स्थान बनाउन सकेका छैनन् । जारी प्रतियोगितामा लोकेशको यो दोस्रो अर्धशतक हो । लोकेशले बागमती प्रदेशविरुद्ध २४ बलमा १० चौका र १ छक्कासहित ५० रनको इनिङ खेलेका थिए । लोकेश विष्फोटक ब्याटिङको लागि नै चिनिन्छन् ।
लोकेश बारे थप जानकारीको लागि : लोकेशले प्रधानमन्त्री कप एपिएफबाट खेल्ने
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]