default_image

3 years ago

January 18, 2022

आइपिएल : हार्दिक र राशिद अहमदाबादमा अनुबन्धित

124 views

0 Bookmark

एजेन्सी – भारतीप सुपरस्टार अलराउन्डर हार्दिक पान्ड्या र अफगानिस्तानका विश्व चर्चित लेग स्पिनर राशिद खान इन्डियन प्रिमियर लिग (आइपिएल) नयाँ फ्रेन्चाइज टोली अहमदाबादमा अनुबन्ध भएका छन् । इएसपिएनका अनुसार अहमदाबादले आइपिएल मेगा अक्सन अघि टोलीमा तीन खेलाडी अनुबन्ध गरेको छ ।

हार्दिक, राशिद र भारतीय युवा ओपनर शुभमन गिललाई अहमदाबादले अनुबन्ध गरेको छ । यस वर्ष अहमदाबाद र लखनउ थपिका दुई नयाँ फ्रेन्चाइज लिग हुन् । आठ पुराना फ्रेन्चाइज लिगले नियम अनुसार खेलाडी अनुबन्ध गरिसकेका छन् ।

आइपिएल नियम अनुसार पुराना फ्रेन्चाइज टोलीले बढीमा चार विदेशी खेलाडी टोलीमा राख्न पाउँछन् । दुई नयाँ फ्रेन्चाइज टोलीले बढीमा तीन खेलाडी अक्सन अघि टोलीमा राख्न पाउँछन् । जसमा दुई भारतीय र एक विदेशी खेलाडी हुनुपर्छ ।

तीन खेलाडी टोलीमा अनुबन्ध गर्दा पहिलो खेलाडीलाई १५ करोड, दोस्रोलाई ११ करोड र तेस्रोलाई ७ करोड खर्चन सक्छन् । लखनउ र अहमदाबादले औपचारिक रुपमा टोलीमा रहने खेलाडी भने टुङ्गो लगाएका छैनन् । दुई फ्रेन्चाइज टोलीले २२ जनवरी सम्म खेलाडी सार्वजनिक गर्ने समय पाएका छन् । लखनउको कप्तानी लोकेश राहुलले गर्ने चर्चा छ । अहमदाबादको कप्तानी हार्दिकले गर्ने उच्च सम्भावना रहेको बुझिएको छ ।

इएसपिएनका अनुसार हार्दिक र राशिद दुबैलाई अहमदाबादले १५–१५ करोडमा अनुबन्ध गरेको जनाएको छ । गिललाई ७ करोडमा अनुबन्ध गरेको छ । आइपिएलमा आफ्नो टोली निर्माण गर्न एक टोलीले बढीमा ९० करोड भारु खर्चन पाउँछ । अहमदाबादसँग अक्सनमा ५३ करोड भारु उपलब्ध हुनेछ ।

हार्दिक र राशिद पहिलो पटक सँगै फ्रेन्चाइज लिगबाट खेल्नेछन् । मुम्बईका सुपरस्टार हार्दिकलाई यस सिजन टोलीबाट फुकुवा गरेको थियो । त्यस्तै राशिदलाई सनराइजर्स हैदराबाद र गिललाई कोलकता नाइट राइडर्सले यस सिजन टोलीबाट फुकुवा गरेको थियो । राशिदलाई २०१८ मा हैदराबादले ९ करोड भारुमा अनुबन्ध गरेको थियो । हार्दिकलाई मुम्बईले २०१८ मा ११ करोड भारुमा टोलीमै राखेको थियो । गिललाई २०१८ मा कोलकताले १ करोड ८० लाख भारुमा अनुबन्ध गरेको थियो ।

मुम्बईले २०१५, २०१७, २०१९ र २०२० मा उपाधि जित्दा हार्दिकले महत्वपूर्ण अलराउन्ड प्रदर्शन गरेका थिए । मुम्बईले रोहित शर्मा, जस्प्रित बुमराह, सूर्यकुमार यादव र काइरन पोलार्डलाई अनुबन्ध गर्दा हार्दिकलाई फुकुवा गरेको थियो । पुराना आठ टोलीले बढीमा चार मात्र विदेशी खेलाडी राख्न पाउँछन् ।

हार्दिकले पछिल्लो समय फिटनेसमा संघर्ष गरेका छन् । पछिल्लो आइपिएलमा उनले बलिङ गरेका थिएनन् । भारतीय टोलीमा स्थान बनाउन पनि संघर्ष गर्दै आएका छन् । टि२० विश्वकप पछि हार्दिक टोलीमा छैनन् ।

राशिदले आइपिएलमा हैदराबादबाट डेब्यू गरेपछि ७६ खेल खेल्दै ९३ विकेट लिई सकेका छन् । आइपिएल अक्सन आगमी फेब्रुअरी दोस्रो साता हुने चर्चा छ । तर आइपिएलले आधिकारीक रुपमा पुष्टि भने गरेको छैन । यस सिजन देखि आइपिएलमा १० टोली हुनेछन् । नेपालबाट लेगस्पिनर सन्दीप लामिछानेको सम्भावना छ ।

December 18, 2024

विनोदको अर्धशतक प्रेरित सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]

December 18, 2024

फाइनलमा प्रवेशका लागि सुदूरपश्चिमलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]

December 18, 2024

पहिलो क्वालिफायरमा जनकपुरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]

Success

Thank you for your time.