default_image

3 years ago

January 17, 2022

टमाटा प्रशिक्षक संघको अध्यक्षमा निर्विरोध निर्वाचित

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटा नेपाल क्रिकेट प्रशिक्षक संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा भएको प्रथम साधारण सभाबाट टमाटा निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

साधारण सभाबाट श्यामसन जंग थापा र सचिवमा वसन्त शाही ठकुरी छन् । ‘हाम्रो मुख्य उदेश्य भनेको क्रिकेटलाईनै सहयोग गर्ने हो । प्रशिक्षकहरुको हित र हकको लागि काम गर्ने हो । क्रिकेटलाई कसरी विकास र राम्रो बनाउने भन्ने हुन्छ’, टमाटाले हाम्रो खेलकुदसँग भने ।

अध्यक्ष टमाटाले देशभरका ६५ सक्रिय प्रशिक्षकलाई संघमा वस्न सूचना पठाएको जनाए । टमाटाको अनुसार साधारण सभामा ३८ प्रशिक्षकको सहभागिता थियो ।

संघको कोषाध्यक्षमा महेश प्रसाद रिजाल छन् । सदस्यहरुमा प्रकाश शर्मा, रिजन प्रजु, सुनिल शाह, निरा राजोपाध्याय, जानकी भट्ट, ज्ञानेन्द्र क्षेत्री र शेर लामा छन् । २०७६ साल जेठमा टमाटाको अध्यक्षमा नेपाल क्रिकेट प्रशिक्षक संघको तदर्थ समिति गठन भएको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक संघलाई मान्यता दिने अघिल्लो महिना जनाइसकेको छ ।

December 17, 2024

नेपालले भारतसँग टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपालले भारतविरुद्ध टस हारेको छ । मंगलवार मलेसियामा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । पहिलो पटक आयोजना भइरहेको महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरेको छ । […]

December 17, 2024

यु १९ महिला एसिया कप – नेपाल र भारत खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीको दोस्रो खेल आज रहेको छ । मलेसियाको क्वालालाम्पुरमा नेपालले भारतको यु १९ टोलीको सामना गर्दैछ । पहिलो पटक आयोजना भइरहेको महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरेको […]

December 16, 2024

पाकिस्तानलाई हराउॅंदै नेपाल सुपर ४ मा

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]

Success

Thank you for your time.