3 years ago
January 13, 2022
एजेन्सी – विकेटकिपर ऋषभ पन्तको उत्कृष्ट शतकसँगै भारतले तेस्रो तथा निर्णायक टेस्ट खेलमा दक्षिण अफ्रिकालाई २ सय १२ रनको मध्यम विजयी लक्ष्य दिएको छ ।
भारत दोस्रो इनिङमा ६७.३ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । पहिलो इनिङमा १३ रनको अग्रता लिएको भारतले समग्रमा २ सय १२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
भारतका विकेटकिपर ऋषभ पन्तले १ सय ३९ बलमा ६ चौका र ४ छक्कासहित १ सय रनमा अविजित रहे । पन्तको यो टेस्ट करिअरको चौथो शतक हो । पन्तले १ सय ३३ बलमा शतक पूरा गरेका थिए । विराट कोहली १ सय ४३ बलमा ४ चौकसहित २९ रन जोडे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
भारतका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । लोकेश राहुल १०, मयंक अग्रवाल ७, चेतेश्वर पुजरा ९, अजिंक्या रहाणे १, रविचन्द्रन आश्विन ७ र शार्दुल ठाकुर ५ रनमा आउट भए । दक्षिण अफ्रिका मार्को ज्यानसनले सर्वाधिक ४ विकेट लिए । कागिसो रबाडा र लुन्गी एनगिडीले ३–३ विकेट लिए ।
त्यसअघि घरेल टोली दक्षिण अफ्रिका पहिलो इनिङमा ७६.३ ओभरमा २ सय १० रनमा अल आउट भएपछि १३ रनले पछि परेको थियो । दक्षिण अफ्रिका मध्यक्रमका ब्याटर किगन पिटरसनले १ सय ६६ बलमा ९ चौकासहित सर्वाधिक ७२ रनको योगदान दिए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर डिन एल्गर र एडेन मारक्रमलाई जस्प्रित बुमराहले क्रमश ३ र ८ रनमा आउट गर्दै भारतलाई उत्कृष्ट सुरुवात दिए ।
केशव महाराज ४५ बलमा ४ चौकासहित २५ रनमा उमेश यादवको बलमा बोल्ड आउट भए । एक समय ४५–३ को अवस्थामा पुगेको दक्षिण अफ्रिकालाई चौथो विकेटका लागि पिटरसन र रास्सी भान डर डुसेनले ६७ रनको साझेदारी गर्दै सम्हाल्लेका थिए । उमेशले डुसेनलाई कोहलीबाट २१ रनमा क्याच गराएपछि अन्य ब्याटरले राम्रो साझेदारी गर्न सकेनन् । टेम्बा बभुमा ५२ बलमा ३ चौका सहित २८ रनमा मोहम्मद शामीको बलमा आउट भए ।
तल्लोक्रमका मार्को ज्यानसन ७, कागिसो रबाडा १५ र डुआने ओलिभियरले १० रनको योगदान दिए । भारतका जस्प्रित बुमराहले २३।३ ओभरमा ८ मेडनसहित ४२ रन खर्चेर ५ विकेट लिए । उमेश यादव र मोहम्मद शामीले २-२ विकेट लिए । शार्दुल ठाकुरको नाममा १ विकेट रह्यो ।
त्यसअघि पहिलो दिन केप टाउनमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत पहिलो दिन नै ७७.३ ओभरमा २ सय २३ रनमा अल आउट भएको थियो । भारतका विराट कोहलीले २ सय १ बलमा १२ बलमा १ छक्कासहित सहित सर्वाधिक ७९ रनको योगदान दिए ।
तेस्रो विकेटका लागि चेतेश्वर पुजारा र कोहलीले ६२ रनको साझेदारी गरेका थिए । पुजारा मार्को ज्यानसनको बलमा ४३ रनमा क्याच आउट भए । ७७ बल खेलेका पुजाराले ७ चौका प्रहार गरे । भारतले ओपनर लोकेश राहुल १२ र मयंक अग्रवाललाई १५ रनमा गुमाएको थियो ।
अजिंक्या रहणे ९, ऋषभ पन्त २७, रविचन्द्रन आश्विन २, शार्दुल ठाकुर १२ र जस्प्रित बुमराह शून्यमा आउट भएपछि कोहली पूरा दबाबमा परेका थिए । दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडाले ४ विकेट लिए । मार्को ज्यानसनले ३, डुआने ओलिभियर, लुन्गी एनगिडी र केशव महाराजले १–१ विकेट लिए ।
तीन टेस्ट खेलको सिरिज १–१ को अवस्थामा छ । पहिलो खेलमा १ सय १३ रनले विजयी हुँदा दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]