3 years ago
January 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर लोकेश बम र तीव्र गतिका बलर अभिनाश बोहराको उच्च प्रदर्शनको सहयोगमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । एपिएफले विहीबार बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्र्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।
१ सय २६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा एपिएफले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा लोकेश बमले २४ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । लोकेशले सुवास खत्रीको सातौं ओभरको तेस्रो बलमा एक रन बटुल्दै २१ बलमा अर्धशतक पूरा गरेका थिए ।
लोकेशले चौथो ओभरमा तीव्र गतिका बलर रामनरेश गिरीलाई एकै ओभरमा पाँच चौका र एक छक्का गरि कुल २६ रन जोडेका थिए । चौथो बलमा छक्का प्रहार गरेका लोकेशले अन्य सबै बलमा चौका प्रहार गरे । तीव्र गतिका बलर प्रतिश जि.सी.को बलमा ठूलो शट खेल्नेक्रममा लोकेश आदिल खानबाट लङअनमा क्याच आउट भए ।
ओपनर आसिफ शेखले ५ बलमा ३ चौकासहित १२ रन जोड्दै क्याच आउट भए । रामननरेश गिरीको बलमा आसिफ एज लागेर विकेटकिपर सुवास खकुरेलबाट क्याच आउट भए । त्यसपछि क्रिजमा आएका लोकेशले आक्रामक ब्याटिङका साथ जित सहज बनाए । १२ बल खेलेका सुमित महर्जन ७ रनमा क्याच आउट भए । प्रदीप ऐरी ५४ बलमा ४ चौका सहित ३६ रनमा अविजित रहे । सन्दीप जोरा १७ बलमा १ चौकासहित १५ रनमा अविजित रहे ।
बागमती प्रदेशका प्रतिश जि.सी.ले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । रिजन ढकालले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । रामनगरेश गिरीले २ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो । बागमती प्रदेशका ओपनर ईशान पान्डेले २४ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए । नन्दन यादवले १६ बलमा ३ चौका र १ छक्कासहित तल्लोक्रममा २४ रन जोडेका थिए ।
ओपनर सुवास खकुरेल १८ बलमा ३ चौका सहित २१ र कप्तान ज्ञानेन्द्र मल्ल ४ बलमा १ छक्कासहित ६ रनमा आउट भए । २० बल खेलेका सुमन सुनवार ७, विपिन आचार्य ५ र रिजन ढकाल ६ रनमा आउट भए । एपिएफका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । अर्का तीव्र गतिका बलर कमलसिंह ऐरीले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । किशोर महतो र भुवन कार्कीले १–१ विकेट लिए ।
समूह बी मा रहेको एपिएफ २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । एपिएफले पहिलो खेलमा प्रदेश २ लाई २४ रनले हराएको थियो । एपिएफले विहीबार गण्डकी प्रदेशसँग मुलपानीमा खेल्नेछ । बागमती २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ दोस्रो स्थानमा छ । पहिलो खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ४९ रनले हराएको थियो । बागमतीले शुक्रबार प्रदेश दुई सँग टियु मैदानमा खेल्नेछ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]