3 years ago
January 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी र राशिद खान चम्कँदा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । पुलिसले मंगलबार त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।
१ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका ओपनर कुशल भुर्तेलले २२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३५ रनको योगदान दिए । तल्लोक्रममा राशिद खानले १९ बलमा ४ चौका र १ छक्कासहित महत्वपूर्ण २८ रन जोडेका थिए । तीव्र गतिका बलर जितेन्द्र मुखियाले शीर्षक्रमका ब्याटर शंकर राना र दीपेन्द्रसिंह ऐरीलाई ४–४ रनमा आउट गरे ।
अनिल शाहले ११ बलमा २ छक्का र १ चौकासहित २२ रन जोड्दै इनिङ उकासेका थिए । अनिल कुशल मल्लको बलमा राजेश पुलामी मगरबाट क्याच आउट भए । आरिफ शेख १० रनमा आउट हुँदा पुलिस १०.३ ओभरमा ७८–५ को कमजोर अवस्थामा पुगेको थियो । राशिद र दीलिपले छैटौं विकेटका लागि ४८ रनको साझेदारी गदै जितका आधार तय गरे ।
म्याच फिनिसिङ गरेका दीलिप नाथ २५ बलमा २ चौका र १ छक्का सहित २५ रनमा अविजित रहे । योगेन्द्रसिंह कार्की ८ बलमा १ चौकासहित ९ रनमा अविजित रहे । आर्मीका स्पिनर साहब आलमले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । जितेन्द्र मुखियाले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आर्मी १९.५ ओभरमा १ सय ३७ रनमा अल आउट भएको थियो । आर्मीका कप्तान विनोद भण्डारीले ३६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । ओपनर सोमपाल कामीले ३५ बलमा ६ चौकासहित ४२ रन जोडे ।
ओपनर सोमपाल कामी र हरि चौहानले २.२ ओभरमा १५ रन जोड्दै सुरुवात गरेका थिए । हरि करण केसीको बलमा अनिल शाहबाट १२ रनमा क्याच आउट गराए । आरिफ शेखको बलमा रोहित कुमार पौडेल एक रनमा विकेटकिपर दीलिप नाथबाट क्याच गराए ।
कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १२ रनमा क्याच आउट भए । कुशल दीपेन्द्रसिंह ऐरीको ठूलो सट खेल्नेक्रममा करणबाट क्याच गराए । तल्लोक्रममा राजेश पुलामी मगर ५, तुलबहादुर थापा शून्य, विक्रम सोब १, साहब आलम २ र सुशान भारी १२ रनमा आउट भए ।
पुलिसका करण केसीले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । योगेन्द्रसिंह कार्कीले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ३।५ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
समूह ए मा पुलिस २ खेलमा ४ अंकका साथ शीर्ष स्थाानमा छ । पुलिसले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई दुई रनले हराएको थियो । तेस्रो खेलमा पुलिसले टियु मैदानमा शुक्रबार कर्णाली प्रदेशसँग खेल्नेछ ।
आर्मी २ खेलमा १ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । आर्मीले पहिलो खेलमा कर्णालीलाई ६३ रनले हराएको थियो । आर्मीले अव विहीबार मुलपानीमा प्रदेश १ सँग खेल्नेछ ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ । बिहीवार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर २ विकेटका जितका साथ फाइनल प्रवेश गरेको हो । कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]