default_image

3 years ago

January 10, 2022

आसिफ र प्रदीपको अर्धशतकमा एपिएफको विजयी सुरुवात

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर प्रदीप ऐरी र आसिफ शेखको अर्धशतकको सहयोगमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ । समूह बी को एपिएफले प्रदेश २ लाई २४ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

१ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनायो । प्रदेश २ का आदिल आलमले १४ बलमा २ चौका र ४ छक्कासहित ३५ रनको आक्रामक इनिङ खेले । ओपनर हरिशंकर शाहले २६ बलमा ७ चौकासहित सर्वाधिक ३६ रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । विवेक यादव १३, सन्तोष कार्की ४, सुरज पटेल १५, महबुब आलम १ र हासिम अन्सारीले ५ रन बनाए । कुमार थापा १० र प्रथिक यादवले ६ रन बनाए ।

एपिएफका तीव्र गतिका बलर कमलसिंह ऐरी, अभिनाश बोहरा र भुवन कार्कीले २–२ विकेट लिए । शरद भेषावकर र किशोर महतोले १-१ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । एपिएफका आसिफ शेखले ४५ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिए । अर्का ओपनर प्रदीप ऐरीले ४८ बलमा ९ चौकासहित ६० रनको अर्धशतकीय इनिङ खेले ।

एपिएफलाई ओपनर आसिफ र प्रदीपले पहिलो विकेटका लागि १४.२ ओभरमा १ सय २० रनको शतकीय साझेदारीका साथ राम्रो सुरुवात दिलाएका थिए । सन्दीप जोरा १७, शरद भेषावकर ९, लोकेश बम शून्य र कमलसिंह ऐरीले १ रन बनाए ।

प्रदेश २ का तीव्र गतिका बलर रुपेश सिंहले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । विवेक यादवले १ विकेट लिए । एपिएफले दोस्रो खेलमा टियुमा मंगलबार दिउँसो बागमती प्रदेशसँग खेल्नेछ । प्रदेश २ ले मुलपानीमा दिउँसो गण्डकी प्रदेशसँग खेल्नेछ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.