3 years ago
January 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १० खेलाडीमा सिमित विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप टि२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । १ सय १७ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १४.४ ओभरमा ५३ रनमा अल आउट भयो ।
कर्णालीका अर्जुन घर्तीले २४ बलमा १ चौकासहित सर्वाधिक १६ रन बनाए । ओपनर रविन्द्रजंग शाहीले १४ बलमा ३ चौकासहित सर्वाधिक १५ रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेन । आर्मी कर्णालीसँग १० खेलाडीमा समिति थियो । सोनु तामाङ ब्याटिङमा रिटायर्ट हर्ट भएपछि फिल्डिङमा १० खेलाडीमा समिति थियो ।
म्याच रेफ्री समिर खानले आर्मीले सोनु ब्याटिङमा नआउनुको कुनै कारण नबताएपछि फिल्डिङमा १० खेलाडी राखेर खेलाएको बलाए । आर्मीको फिल्डिङमा अर्को खेलाडी पठाएपनि अम्यायरले अस्वीकार गरेका थिए । आर्मीका कप्तान विनोद भण्डारीले सोनुलाई ज्वरो आएको जनाए ।
आर्मी तीव्र गतिका बलर जितेन्द्र मुखियाले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । सुशान भारी र साहब आलमले २-२ विकेट लिए । विक्रम सोब र सोमपाल कामीले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आर्मी १९.१ ओभरमा १ सय १६ रनमा अल आउट भएको थियो । आर्मीका कप्तान विनोद भण्डारीले १७ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक २९ रन बनाए । हरि चौहानले २१ बलमा ३ चौकासहित २० रन बनाए । अन्य कुनैपनि ब्याटरले रन बनाउन सकेनन् । आर्मी सोनु तामाङ क्रिजमा नआई रिटायर्ट हर्ट भएका थिए ।
ओपनर सोमपाल कामी १५ बलमा ९ रन, रोहित कुमार पौडेल र कुशल मल्ल १०–१० रन बनाए । तल्लोक्रमका राजेश पुलामी मगर २, विक्रम सोब १, सुशान भारी ८, साहव आलम ९ र जितेन्द्र मुखियाले ८ रन बनाए ।
सुदूरपश्चिमका प्रकाश जैशीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अनुज चनाराले ३.१ ओभरमा १ मेडन सहित २२ रन खर्चेर २ विकेट लिए । दीनेश अधिकारी, रविन्द्रजंश शाही र राज शाहले १–१ विकेट लिए ।
आर्मीले मंगलबार एपिएफसँग खेल्नेछ । कर्णालीले मुलपानीमा प्रदेश १ सँग खेल्नेछ । टियुको दोस्रो खेलमा आज एपिएफ र प्रदेश २ बीच प्रतिस्पर्धा हुँदैछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]