3 years ago
January 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आजदेखि प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा सुरु हुँदैछ । उद्धघाटन खेलमा समूह ए का त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच टियु मैदानमा विहान ९ : ३० मा सुरु हुनेछ ।
माघ ५ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली गरि कुल १० टोली हुनेछन् । १० टोलीलाई पाँच पाँच टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा साविक विजेता त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ छन् । समूह बी मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् ।
आर्मीको विनोद भण्डारी र कर्णालीको रविन्द्रजंग शाहीले कप्तानी गर्नेछन् । आर्मीमा विनोद भण्डारी, कुशल मल्ल, सोमपाल कामी, रोहित कुमार पौडेल लगायतका खेलाडी छन् । कर्णालीमा रविन्द्रसँगै अनुज चनारा, प्रकाश जैसी, विपिन रावल लगायतका खेलाडी छन् । आर्मी कर्णालीमाथि सहज जित निकाल्ने सोचमा हुनेछ । कर्णाली खेलमा उच्च प्रतिस्पर्धा दिने सोचमा हुनेछ ।
आज दोस्रो खेलमा एपिएफ र प्रदेश २ बीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ : १५ मा टियुमा हुने छ । एपिएफको शरद भेषावकर र प्रदेश २ को हासिम अन्सारीले कप्तानी गर्नेछन् । एपिएफमा शरद भेषावकर, अभिनाश बोहरा, आसिफ शेख, लोकेश बम लगायतका खेलाडी छन् । प्रदेश २ मा विवेक यादव, महबुब आलम, हरिशंकर शाह लगायतका खेलाडी छन् ।
मुलपानीमा आज पहिलो खेलमा विहान ९ : ३० मा पुलिस र सुदूरपश्चिम भिड्नेछन् । पुलिसको मञ्जित श्रेष्ठ र सुदूरपश्चिमको सन्तोष भट्टले कप्तानी गर्नेछन् । पुलिसमा कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, गुलशन झा लगायतका खेलाडी छन् । सुदूरपश्चिममा नारायण जोशी, शेर मल्ल, हेमन्त धामी, खडक बोहरा, अर्जुन साउद लगायतका खेलाडी छन् ।
दोस्रो खेलमा बागमती र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ : १५ मा सुरु हुनेछ । बागमतीको ज्ञानेन्द्र मल्ल र लुम्बिनीको कृष्ण कार्कीले कप्तानी गर्नेछन् । बागमतीमा ज्ञानेन्द्रसँगै प्रतिश जि.सी. आदिल खान, ईशान पाण्डे, नन्दन यादव लगायतका छन् । बागमतीमा सौरभ खनाल, कृष्ण कार्की, विक्रम भुषाल, देव खनाल, दुर्गेश गुप्ता लागयतका खेलाडी छन् ।
हरेक समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । दुबै सेमिफाइनल माघ ४ र फाइनल माग ५ मा हुनेछ । यसअघि प्रधानमन्त्री कप एकदिवसिय शैलीमा हुँदै आएपनि ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए लाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले टि२० शैलीमा गर्न लागेको हो । योसँगै ७ वर्षपछि नेपालमा टि२० राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछ ।
यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले ओमानमा हुने टि२० विश्वकप छनोटको लागि नेपाली सिनियर टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउने छन् । खेलको प्रत्यक्ष प्रसारण एक्सन एस्पोर्ट्सले गर्नेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]