default_image

3 years ago

January 9, 2022

प्रधानमन्त्री कप खेल्ने आर्मीको टोली घोषणा

214 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सोमबारबाट सुरुहुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ ।

विनोद भण्डारीको कप्तानीमा घोषणा टोलीमा बागमती प्रदेशका अलराउन्डर सोनु तामाङ, लुम्बिनी प्रदेशका तुलबहादुर थापा र इन्द्रकमल मानन्धर छन् । तीव्र गतिका बलर करण केसी र विकेटकिपर राजु रिजालले आर्मी छाडेपछि टोलीमा परिवर्तन गरेको हो । करण नेपाल पुलिस र रिजाल सुदूरपश्चिममा गएका छन् ।

त्यस्तै मध्यक्रमका ब्याटर भीम सार्कीले बायाँ हातको बुढी औंलामा चोटका कारण प्रधानमन्त्री कप गुमाउने भएका छन् । पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेल्न लागेका तुलबहादुर तल्लोक्रममा राम्रो ब्याटिङसँगै मध्यक्रममा बलिङ गर्ने गर्दछन् ।

शीर्षक्रमका ब्याटर इन्द्रमानले आर्मीको टोलीमा पूनरागमन गरेका हुन् । सोनु पछिल्लो समय बागमतीको टोलीमा स्थान बनाउन सकेका थिएनन् । सोनु फिनिसर हुन् । आर्मीको टोलीमा विनोदसँगै, सोमपाल कामी र कुशल मल्ल जस्ता टि२० विशेष खेलाडी छन् । त्यस्तै पछिल्लो समय राम्रो लयमा रहेका राजेश पुलामी मगर पनि टोलीमा छन् ।


प्रधानमन्त्री कप पुष २६ देखि माघ ५ सम्म मुलपानी र टियुमा हुनेछ । आर्मी, नेपाल पुलिस क्लब, कर्णाली, प्रदेश १ र सुदूरपश्चिम छन् । समूह बी मा एपिएफ, बागमती, लुम्बिनी, गण्डकी र प्रदेश २ छन् । हरेक समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । उद्धघाटन खेलमा आर्मी र कर्णालीबीच टियुमा प्रतिस्पर्धा हुनेछ ।


आर्मीको टोली :

विनोद भण्डारी (कप्तान), हरि चौहान, विक्रम सोब, राजेश पुलामी मगर, सोमपाल कामी, शाहब आलम, सुशान भारी, रोहित कुमार पौडेल, जितेन्द्र मुखिया, इन्द्रकमल मानन्धर, आकाश चन्द, सोनु तामाङ, तुलबहादुर थापा मगर र कुशल मल्ल ।

प्रशिक्षक – चन्द्र साउद

व्यवस्थापक – सागर सम्शेर थापा

आर्मीको खेल तालिका


पुष २६ (१०जनवरी) – कर्णालीसँग, टियु (विहान)

पुष २७ (११जनवरी – पुलिससँग, टियु (विहान)

पुष २९ (१३ जनवरी) – प्रदेश १ सँग, मुलपानी (विहान)

पुष ३० (१४जनवरी) – सुदूरपश्चिमसँग, मुलपानी (विहान)

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

Success

Thank you for your time.