3 years ago
January 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका विकेटकिपर राजु रिजालले सोमबारबाट सुरुहुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सुदूरपश्चिम प्रदेशबाट खेल्ने भएका छन् ।
सुदूरपश्चिमले सन्तोष भट्टको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको छ । युवा स्पिनर शेर मल्ललाई सदुदूरपश्चिमले उपकप्तानको जिम्मेवारी दिएको छ । सुदूरपश्चिमको टोलीमा नारायण जोशी र अर्जुन साउद जस्ता आक्रामक ब्याटर टोलीमा छन् । गतवर्ष सुदूरपश्चिमले खडक बोहराको कप्तानीमा प्रधानमन्त्री कप खेलेको थियो । सुदूरले कप्तानी परिवर्तन सन्तोषलाई नेतृत्व दिएको छ ।
राजुले यसअघि आर्मीबाट खेल्दै आएका थिए । यसअघिका चारै संस्करण राजुले आर्मीबाट खेलेका थिए । राजु कप्तानीमा नेपाली यू–१९ टोलीले २०१६ मा विश्वकप खेलेको थियो । त्यसै वर्ष राजुले नामिबियासँग नेपाली टोलीमा डेब्यू गरेका थिए ।
सिनियर टोलीमा अपेक्षा अनुसार प्रदर्शन नभएपछि नेदरल्यान्ड्सँग त्यसै वर्ष अगष्टपछि टोलीबाट बाहिरिएका थिए । आर्मीमा सिनियर टोलीका खेलाडीको बाहुल्यता हुँदा राजु केहि छायाँमा पर्दै आएका थिए । राजु आफ्नो घरेलु टोलीमा फर्किएका हुन् ।
सुदूरपश्चिमको टोलीमा आक्रामक ब्याटर किरण ठगुन्ना भने अटाएका छन् । किरण सुदूरपश्चिम प्रदेशका एक उत्कृष्ट आक्रामक ब्याटर पर्दछन् । त्यस्तै युवा स्पिन अलराउन्डर नरेन साउद पनि टोलीमा छैनन् । प्रधानमन्त्री कप पुष २६ देखि माघ ५ सम्म हुनेछ ।
सुदूरपश्चिम समूह ए मा छ । समूह ए मा आर्मी, पुलिस, कर्णाली, प्रदेश १ र सुदुरपश्चिम छन् । समूह बी मा बागमती, लुम्बिनी, एपिएफ, गण्डकी र प्रदेश २ छन् । सुदूरपश्चिमले सोमबार मुलपानीमा पुलिससँग खेल्दै सुरुवात गर्नेछ ।
सुदूरपश्चिमको टोली :
सन्तोष भट्ट (कप्तान), खडक बहादुर बोहरा, गजेन्द्र बोहरा, दीपक बोहरा, हेमन्त धामी, विकाश आग्री, आदित्य महता, नारायण जोशी, शेर मल्ल (उपकप्तान), वसन्त कार्की, अर्जुन साउद, राजु रिजाल (विकेटकिपर), दीपक टमटा र कैलाश ऐर ।
वैकल्पिक खेलाडी : नरेन भट्ट, अनुराग सिंह, सत्यराज विष्ट र मिलन बोहरा ।
प्रशिक्षक – खेमराज भट्ट
व्यवस्थापक – लक्ष्मण दत्त भट्ट
सुदूरपश्चिमको खेल तालिका
पुष २६ (१० जनवरी) – पुलिससँग, मुलपानी मैदान(विहान)
पुष २९ ( १३ जनवरी) – कर्णालीसँग, टियु मैदान (विहान)
पुष ३० ( १४ जनवरी) – आर्मीसँग, मुलपानी (विहान)
माघ २ (१६ जनवरी) – प्रदेश १ सँग, टियु (विहान)
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]