3 years ago
January 9, 2022
काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलिङ अलराउन्डर कृष्ण कार्कीको कप्तानीमा लुम्बिनी प्रदेशले सोमबारबाट सुरु हुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ ।
लुम्बिनीले आक्रामक ब्याटर सौरभ खनाललाई उपकप्तानको जिम्मेवारी दिएको छ । घरेलु क्रिकेटका चर्चित नाम सौरभ खनाल, कृष्ण कार्की, सन्दीप रजाली, देव खनाल, विक्रम भुषाल, विशाल विक्रम केसी र दुर्गेश गुप्ता जस्ता खेलाडी टोलीमा छन् । चाइनाम्यान तुलबहादुर थापा र मोहन खत्री पहिलो पटक लुम्बिनीको राष्ट्रिय टोलीमा परेका हुन् ।
दुर्गेश, सौरभ, कृष्ण, सन्दीप रजाली र विक्रम भुषाल जस्ता टि२० विशेष टोली हुँदा लुम्बिनी टोली बलियो छ । प्रधानमन्त्री कप पुष २६ देखि माघ ५ सम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुनेछ । लुम्बिनी समूह बी मा छ । समूह बी मा लुम्बिनी, बागमती, नेपाल एपिएफ क्लब, प्रदेश २ र गण्डकी छन् ।
शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र सुदूरपश्चिम छन् । खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्नेछ ।
लुम्बिनी टोली : कृष्ण कार्की (कप्तान), सौरभ खनाल (उपकप्तान), सन्दीप रजाली, देव खनाल, विक्रम भुषाल, अनिल खरेल, दुर्गेश गुप्ता, सुशान्त सिंह थापा, तुलबहादुर थापा, बसिर अहमद, सिद्धान्त राज शाही, विशाल विक्रम केसी, मोहन खत्री र दीपेन्द्र रावत ।
प्रशिक्षक : दीपेन्द्र प्रताप सिंह
टिम व्यवस्थापक : नासिर अन्सारी
लुम्बिनीको खेल तालिका
पुष २६ (१० जनवरी) – बागमतीसँग, मुलपानी मैदान (दिउँसो)
पुष २९ (१३ जनवरी) – प्रदेश २ सँग, टियु मैदान (दिउँसो)
पुष ३० (१४ जनवरी) – एपिएफसँग, मुलपानी (दिउँसो)
माघ २ (१६ जनवरी) – गण्डकीसँग, टियु मैदान (दिउँसो)
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]