3 years ago
January 8, 2022
एजेन्सी – मध्यक्रमका ब्याटर उस्मान खवाजाले उत्कृष्ट पूनरागमन गर्नेक्रममा लगातार दोस्रो शतक प्रहार गरेसँगै अष्ट्रेलियाले एसेज सिरिजको चौथो टेस्ट खेलमा इंग्ल्यान्डलाई ३ सय ८८ रनको विशाल लक्ष्य दिएको छ । उक्त विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड चौथो दिनको समाप्तिमा ११ ओभरमा कुनै विकेट नगुमाई ३० रन बनाएको छ ।
पाँचौं तथा अन्तिम दिन इंग्ल्यान्डले ३ सय ५८ रन बनाउनु पर्ने हुन्छ । यो अवस्थामा चौथो टेस्ट ड्रको सम्भावना देखिन्छ । ओपनर ज्याक क्रली ३२ बलमा तीन चौका सहित २२ रनमा अविजित छन् । हसिब हमिद ८ रनमा अविजित छन् ।
अष्ट्रेलियाले दोस्रो इनिङमा ६८.५ ओभरमा २६५–६ को अवस्थामा समाप्तिको घोषणा गर्यो । उस्मान खवाजा १ सय ३८ बलमा १० चौका र २ छक्का सहित १ सय १ रनको शतकीय अविजित इनिङ खेले । खवाजाको टेस्ट कअिरको १० औं शतक हो । लगातार दोस्रो शतक हो । खवाजाले पहिलो इनिङमा १ सय ३७ रनको शतकीय इनिङ खेलेका थिए ।
२०१९ पछि अष्ट्रेलिया टेस्ट टोलीमा पूनरागमन गर्दै खवाजाले सानदार शतक प्रहार गरेका हुन् । युवा अलराउन्डर क्यामरन ग्रिनले १ सय २२ बलमा ७ चौका र १ छक्कासहित ७४ रनको इनिङ खेले ।
ग्रिन र खवाजाले पाँचौं विकेटका लागि १ सय ७९ रनको उत्कृष्ट शतकीय साझेदारीका साथ बलियो योगफलमा पुर्याए । शीर्षक्रमका ब्याटर मार्कस हरिस २७, डेविड वार्नर ३, मार्नस लाबुसेन २९ र स्टिभ स्मिथ २३ रनमा आउट भए । इंग्ल्यान्डका ज्याक लेचले सर्वाधिक ४ विकेट लिए । मार्कवुडले २ विकेट लिए ।
पहिलो इनिङमा इंग्ल्यान्ड ७९.१ ओभरमा २ सय ९४ रनमा अल आाउट भयो । पहिलो इनिङमा इंग्ल्यान्ड १ सय २२ रनले पछि परेको थियो। बेयरस्टो १ सय ५८ बलमा ८ चौका र ३ छक्कासहित १ सय १३ शतकीय इनिङ खेले । बेयस्टोको यो टेस्ट करिअरको छैटौं शतक हो । एक समय ३६–४ को कमजोर अवस्थाबाट बेन स्टोक्स र बेयरस्टोले पाँचौं विकेटका लागि १ सय २८ रनको उत्कृष्ट शतकीय साझेदारीका साथ इंग्ल्यान्डको इनिङ सम्हाल्लेका थिए ।
स्टोक्स ९१ बलमा ९ चौका र १ छक्कासहित ६६ रनमा एलबीडब्लू आउट भए । स्टोक्सलाई नाथन लायनले एलबीडब्लू आउट गरे । तल्लोक्रमका मार्कवुड ४१ बलमा २ चौका र ३ छक्कासहित ३९ रनमा आउट भए । इंग्ल्यान्डको शीर्षक्रम ब्याटिङ सम्झन लायक रहेन । मिचेल स्टार्कले हसिब हमिदलाई ६ रनमा बोल्ड आउट गरे । ज्याक क्रलीलाई स्कट बोल्यान्डले १८ रनमा बोल्ड गरे ।
डेविड मलान ३ र कप्तान जो रुट शून्यमा आउट भएपछि इंग्ल्यान्ड २०.१ ओभरमा ३६–४ को दयनिय अवस्थामा पुगेको थियो । बोल्यान्डले स्टिभ स्मिथबाट रुटलाई क्याच गराएका थिए । प्याट कमिन्सको बलमा जस बटलर शून्यमा उस्मान खवाजाबाट क्याच आउट भए । अष्ट्रेलियाका स्कट बोल्यान्डले सर्वाधिक ४ विकेट लिए । प्याट कमिन्स र नाथान लायनले २–२ विकेट लिए । मिचेल स्टार्क र क्यामरन ग्रिनको नाममा १–१ विकेट रह्यो ।
त्यसअघि दोस्रो दिन अष्ट्रेलियाले पहिलो इनिङमा १३४ ओभरमा ४१६–८ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । अष्ट्रेलिया उस्मान खवाजाले २ सय ६० बलमा १३ चौका सहित १ सय ३७ रनको शतकीय इनिङ खेले । खवाजाको टेस्टको नवौं शतक हो । खवाजाले २०१९ अगष्टमा इंग्ल्यान्डसँग एसेज सिरिपछि पहिलो पटक खेलेका हुन् ।
उपकप्तान स्टिभ स्मिथले १ सय ४१ बलमा ५ चौका सहित ६७ रनको अर्धशतकीय इनिङ खेले । चौथो विकेटका लागि स्मिथ र खवाजाले २ सय ६३ बलमा १ सय १५ रनको शतकीय साझेदारी गरेका थिए ।
डेविड वार्नर ७२ बलमा ६ चौका सहित ३० रनमा स्टुअर्ट व्रोड बलमा ज्याक क्रलीबाट क्याच आउट भएका थिए । मार्कस हरिस ३८ र मार्नस लाबुसेन २८ रनमा क्याच आउट भए । त्यसपछि स्मिथ र खवाजाको शतकीय साझेदारीले अष्ट्रेलिया सम्हाल्लिएको थियो । मिचेल स्टार्क ३४ र नाथन लायन १६ रनमा अविजित रहे । प्याट कमिन्स २४, एलेक्स केरी १३ र क्यामरन ग्रिन ५ रन बनाए ।
इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले २९ ओभरमा ५ मेडनसहित १ सय १ रन खर्चेर ५ विकेट लिए । पाँच टेस्टको एसेजमा घरेलु टोली अष्ट्रेलियाले सुरुवाती तीन खेल्दै ट्रफी जितेको छ ।
January 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले जय ट्रफी मेन्स एलिट कप फेरी पनि बराबरी खेलेका छन् । बिहीवार बागमतीको ब्याटिङ जारी रहँदा अन्तिम दिनको खेल समाप्ती भएसँगै खेल बराबरीमा सकिएको हो । आर्मीले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको बागमतीले ८० रनमा पाँच विकेट गुमाएको अवस्थामा दिनको समाप्ती भएसँगै […]
January 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा विभागीय टोली नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कपमा पहिलो जित हासिल गरेको छ । बिहीवार सम्पन्न खेलमा पुलिसले मधेश प्रदेशमाथि एक इनिङ्स ३५ रनको जित हात पारेको हो । विरगंजमा सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा पहिलो इनिङमा पुलिसले १ सय २९ रनको अग्रता लिएको थियो । […]
January 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन् । पाकिस्तान सुपर लिगले बुधवार जारी गरेको सिल्भर समूहको सुचीमा नेपालका ६ खेलाडी समावेश गरिएका हुन् । ड्राफ्टमा परेका नेपाली खेलाडीमा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी छन् । पिएसएलको खेलाडी ड्राफ्टबाट छनोट […]