3 years ago
January 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशका युवा ब्याटर दीपक बोहराले सोमबार देखि सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टि२० प्रतियोगिता नेपाल एपिएफ क्लबबाट खेल्ने भएका छन् ।
एपिएफका प्रशिक्षक राजेश श्रेष्ठले दीपकले एपिएफबाट खेल्ने पुष्टि गरेका छन् । दीपक शीर्षक्रममा ब्याटिङसँगै स्पिन बलिङ गर्ने गर्दछन् । आक्रामक ब्याटिङ गर्न रुचाउने दीपकले मध्यक्रम र तल्लोक्रममा पनि ब्याटिङको क्षमता राख्छन् । नेपालको यू-१६ टोलीको प्रतिनिधित्व गरि सकेका दीपकले पहिलो राष्ट्रिय प्रतियोगिता नै एपिएफबाट खेल्न लागेका हुन् ।
दीपक आफूलाई प्रमाणित गर्ने प्रधानमन्त्रीकप राम्रो अवसर पाएको बताउँछन् । ‘यो मलाई प्रमाणित गर्ने एउटा राम्रो अवसर हो । यसमा आफूलाई प्रमाणित गर्ने हो । बगमती प्रदेशको यू–१९ टोलीमा पनि परेन । त्यसले गर्दा पनि अवसरलाई राम्रो सदुपयोग गर्ने सोच लिएको छु’, उनले हाम्रो खेलकुदसँग भने । त्यसैमा थपे, ‘छनोटमा एउटा वा दुई खेलको प्रदर्शनलाई हेर्छन् । दुई खेल पर्याप्त हुँदैन । प्रदर्शन अपेक्षा अनुसार नभएपनि बागमतीको यू१९ टोलीमा पर्न योग्य खेलाडी हुँ जस्तो लाग्छ ।’
दीपकले नेपालको यू-१६ टोलीबाट खेल्दै राम्रो प्रभाव छाडि सकेका छन् । सन् २०१९ को अप्रिलमा नेपालले थाईल्यान्डमा एसिसी इस्र्टन रिजनको उपाधि जित्दा दीपकको योगदान महत्वपूर्ण थियो । उनले ५ खेलमा ९१ रन बनाएका थिए । फाइनलमा हङकङलाई ५९ रनले हराउन तीन विकेट लिँदै प्लेयर अफ द फाइनल चुनिएका थिए ।
अघिल्लो महिना सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगितामा काठमाडौं जिल्लाबाट छनोट खेलेपनि बागमतीको टोलीमा स्थान बनाउन सकेका थिएनन् । यू१९ टोलीमा नपरेपछि उनी बारामा सम्पन्न हरपुर क्रिकेट च्याम्पियन्स ट्रफी एपिएफबाट खेलेका थिए । एपिएफलाई उपाधि जिताउन दीपकले अलराउन्ड प्रदर्शन गर्दै राम्रो छाप छाडेपछि प्रधानमन्त्री कपमा स्थान बनाएका हुन् ।
हरपुर प्रतियोगितामा प्रदेश–२ विरुद्ध दीपकले सेमिफाइनलमा ३१ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४० रन बनाउनुको साथै २ विकेट लिएका थिए । दीपकले यसअघि नेपाली यू–१९ टोलीले एपिएफसँग टियु मैदानमा अभ्यास खेल खेल्दा २६ रन बनाउनुको साथै २ विकेट लिएका थिए ।
प्रधानमन्त्री कप पुष २६ देखि माघ ५ सम्म टियु र मुलपानी क्रिकेट मैदानमा चल्नेछ । एपिएफ समूह बी मा छन् । समूह बी मा एपिएफ, प्रदेश २, बागमती, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेश छन् । एपिएफले पहिलो खेल टियु मैदानमा पुष २६ मा प्रदेश २ सँग खेल्दै सुरुवात गर्नेछ ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली महिला […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]