3 years ago
January 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा स्टार ब्याटर लोकेश बमले सोमबारदेखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता नेपाल एपिएफ क्लबबाट खेल्ने भएका छन् । सुदूरपश्चिम प्रदेशका आक्रामक ब्याटर लोकेशले गतवर्ष प्रधानमन्त्री कप र काठमाडौं मेयर्स कप त्रिभुवन आर्मी क्लबबाट खेलेका थिए ।
लोकेशले मेयर्स कप पछि त्रिभुवन आर्मी क्लब छोडेका थिए । आर्मीमा नौं महिना ट्रेनिङ गर्नु गाह्रो पर्ने हुँदा छाडेको उनले बताए । अहिले उनको एपिएफमा रोजगारको लागि प्रक्रियामा छ । लोकेशले प्रधानमन्त्री कप आफूलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पर्ने एउटा राम्रो अवसर रहेको बताउँछन् ।
‘ विश्वकप खेल्ने सबैको सपना हुन्छ । प्रधानमन्त्री कपमा राम्रो गर्दै सिनियर टोलीको बन्द प्रशिक्षणमा पर्ने सोच छ । यो मेरो लागि राम्रो अवसर हो । यसलाई सदुपयोग गर्न प्रयास गर्छु’, लोकेशले भने । लोकेश पछिल्लो समय राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पर्दै आएपनि अन्तिम टोलीमा स्थान बनाउन सकेका छैनन् ।
प्रधानमन्त्री कप राष्ट्रिय टि२० प्रतियोगिता प्रदर्शनको आधारमा नेपालले विश्वकप ग्लोबल छनोट ए खेल्ने टोलीको बन्दलाई टोली बोलाउनेछ । ग्लोबल टि२० छनोट ए आगमी फेब्रुअरीमा ओमानमा हुँदै छ । क्यानले पहिलो चरणको ३० सदस्य टोली बन्द प्रशिक्षणमा बोलाउँदा लोकेश अटाएका थिएनन् ।
गतवर्ष आर्मी च्याम्पियन बन्दा लोकेशले ६ खेलमा १ सय २७ रन जोडेका थिए । काठमाडौं मेयर्स कपमा ४ खेलमा लोकेशले १ सय ९ रन बनाएका थिए । असोजमा भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजबाट खेल्दा लोकेशको प्रदर्शन सम्झन लायक थिएन । इपिएलमा लोकेशले ६ इनिङमा ३१ रन मात्र बनाउन सकेका थिए ।
अघिल्लो महिना सम्पन्न यू-१९ राष्ट्रिय प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशबाट खेल्दै औसत प्रदर्शन गरेका थिए । पहिलो खेलमा प्रदेश २ विरुद्ध ८२ रनको इनिङ खेलेपनि त्यसपछि राम्रो प्रर्दशन गर्न सकेका थिएनन् । आक्रामक ब्याटर लोकेशलाई ठूलो इनिङ र उच्च प्रदर्शनको दबाब हुनेछ ।
विकेटकिपर समेत रहेका लोकेशले लोकेशले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल_ मा विराटनगर टाइटन्सबाट चितवन राइनोजविरुद्ध ३६ बलमा ६२ रन जोड्दै सबैको मन जितेका थिए । पिपिएलमा लोकेश मोष्ट भ्यालुबल खेलाडी चुनिएका थिए ।
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद)- युगाण्डामा जारी वुमेन्स डे कप टि ट्वान्टी आई सिरिजमा नेपालले हङकङविरुद्धको खेलमा टस हारेको छ । हङकङकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]