3 years ago
January 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता यस पटक टि२० शैलीमा हुने भएको छ । आगमी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए लाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले टि२० शैलीमा हुने निश्चित भएको जनाएको छ । योसँगै ७ वर्षपछि नेपालमा टि२० राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा क्यानले उक्त प्रतियोगिता आयोजना गर्नेछ । क्यानका क्रिकेट म्यानेजर विनोद दासले टि२० शैलीमा हुने निश्चित भएको बताए । ‘प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा हुनेछ । राखेपले मौखिक रुपमा आफ्नो तर्फबाट तयारी गर्न र प्रक्रिया पूरा गरेरे पठाउने बताउनु भएको छ’, दासले हाम्रो खेलकुदसँग भने ।
दासको अनुसार पुष २६ देखि सुरु गर्नेगरि तयारी भई रहेको छ । दासले प्रधानमन्त्री कप समूहमा हुने स्पष्ट पारे । टि२० विश्वकप नजिकिएको हुँदा लिगमा गर्ने चर्चा पनि थियो । तर दासले यो पटक १० टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइने बताए । ‘प्रशिक्षकसँगको समन्वय गरेर पनि हो । धेरै समय यसलाई खर्चिन नमिल्ने कारण पनि आयो । सिनियर टोलीको बन्द प्रशिक्षण सुरुनै गर्नुपर्छ । त्यहिँ कारणले गर्दा दुई समूहमा विभाजन गरेर खेलाउन लागेको हो । एउटा टोलीले कम्तिमा पनि चार खेल पाउने छन्’, दासले भने ।
खेल तालिका र समूह विभाजन तयार भएपनि राखेपको औपचारिक पत्र आएसँगै सार्वजनिक गर्ने दासले जानकारी दिए । खेल मुलपानी र टियु मैदान दुबैमा हुनेछ । प्रत्यक्ष प्रसारण टियुको मात्र हुनेछ । मुलपानीको हुने छैन । खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्नेछ । प्रतियोगितामा ७ प्रदेश र तीन विभागी टोली हुनेछन् । जसलाई दुई समूहमा विभाजन गरिनेछ ।
प्रधानमन्त्री कपको लागि केहि प्रदेश छनोट जारी छ । कर्णाली प्रदेशले आफ्नो टोली घोषणा गरेको छ । प्रतियोगिता तालिका अनुसार पुष २५ देखि माघ ७ गते सम्म हुने कार्यकम थियो । तर एकदिन पछि सर्दै २६ बाट सुरु हुने तयारी भएको छ ।
पहिलो संस्करणको फाइनल वर्षाको कारण प्रभावित हुँदा उपाधि नेपाल आर्मी र नेपाल पुलिस क्लबले संयुक्त रुपमा बाँडेका थिए । दोस्रो संस्करण २०१८ को फाइनलमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करण २०१९ मा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो ।
चौथो संस्करणको फाइनलमा एपिएफलाई ३३ रनले हराउँदै आर्मीले उपाधि जितेको थियो । पहिलो संस्करण काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर तथा दोस्रो र तेस्रो नेपालय इन्टरनेशनल प्रा.लीको व्यवस्थापनमा सम्पन्न भएको थियो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]