3 years ago
January 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को अनुशान कारवाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी सहित १५ भन्दा बढी खेलाडी बन्द प्रशिक्षणका लागि टिम होटलमा गएका छैनन् । यससँगै उनीहरु प्रशिक्षणमा सहभागी नहुने सम्भावना बढेको छ ।
आगमी फेब्रअुरी १५ देखि ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि क्यानले ३० सदस्य प्रारम्भिक टोलीलाई पहिलो चरणको बन्द प्रशिक्षणमा बोलाएको थियो । क्यानले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीलाई शनिबार दिउँसो तीन बजेसम्म होटलमा आइपुग्न जनाएको थियो । तर कारबाहीमा परेका ज्ञानेन्द्र सहित चारै क्रिकेटर होटल गएका छैनन् ।
क्रिकेट म्यानेजर विनोद दासले होटल कति खेलाडी आएको थाहा नभएको बताए । तर विनोदले कारवाहीमा परेका चार क्रिकेटर भने नआएको पुष्टि गरेका छन् । ‘म प्रशिक्षकसँग बैठकमा भएको हुँदा कति खेलाडी आएको थाहा छैन । कतिपय खेलाडीहरु उडान रद्द भएका कारण भोली आउने जनाएका छन् । कति खेलाडी होटलमा आएको भोली मात्र थाहा हुन्छ’, दासले भने ।
त्यसैमा उनले थपे, ‘कारवाहीमा परेका चार खेलाडीहरु होटल आएका छैनन् । उनीहरुले कुनैपनि जानकारी गराएका छैनन् । उनीहरुको कारण बोर्ड र अध्यक्षलाई गएको भए थाहा भएन । मलाई चाहिँ आएको छैन ।’
स्रोतका अनुसार होटलमा ११ भन्दा बढी खेलाडी आएका छन् । शरद भेषवाकर, आसिफ शेख, आरिफ शेख, पवन सरार्फ, विवेक यादव लगायतका खेलाडीहरु होटल पुगिसकेका छन् । ‘सबैको पिसिआर भइसकेको छ । भैरहवाबाट आउन पर्ने साहब आलम र सौरभ खनाल भने उडान रद्द भएका कारण आउन सकेनन् ।’ दासका अनुसार सौरभले भोली आउने जानकारी दिइसकेका छन् ।
ज्ञानेन्द्रतर्फ गुटमा रहेका खेलाडी नआएको बुझिएको छ । उडान रद्द भएकै कारण केहि खेलाडी भने आज आउन नसकेको बुझिएको छ ।
प्रधानमन्त्री कप यस पटक टि२० शैलीमा गर्ने तयारी भइरहेको छ । उक्त प्रदर्शनको आधारमा टोलीमा नयाँ खेलाडी छनोट गरिनेछ । क्यानको २०२१ को अन्तिम ६ महिना ग्रेडबारे मिडियामा गएर अनुशासन बाहिर गएर बोलेको भन्दै क्यानले उक्त चार क्रिकेटरलाई २०२२ को सुरुवाती ६ महिना ग्रेडमानै नराख्ने जनाएको थियो । तर उनीहरुलाई टोलीमा समेट्ने र खेलाउने क्यानले स्पष्ट पार्दै आएको छ ।
त्यसै क्रममा क्यानले ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको थियो । त्यस कारण ज्ञानेन्द्र गुटमा रहेका खेलाडीले सामाजिक संजालमार्फत पनि असन्तुष्टि जनाउँदै आएका छन् ।
विहीबार मात्र मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान पुन परिवर्तन नुहने पुष्टि गरेका थिए । उक्त चार क्रिकेटर खेल्न आउछन् वा आउँदैनन् निकै चासोको विषय बनेको छ ।
प्रधानमन्त्री कपको लागि सम्भवत एक दिनअघि क्यानले खेलाडी फुकुवा गर्नेछ । त्यसपछि खेलाडीले आफ्नो प्रदेश र विभागीय टोलीबाट खेल्नेछन् । प्रधानमन्त्री कप पुष २५ देखि माघ ७ गतेसम्म काठमाडौंको टीयु मैदान र मुलपानीमा आयोजना हुने कार्यक्रम छ । यसअघिका चार संस्करण एकदिवसिय शैलीमा भएपनि यो पटक ग्लोबल टि२० विश्वकप छनोटलाई ध्यानमा राख्दै टि२० शैलीमा हुन लागेको हो ।
टि२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह ए को खेल सन् २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ । समूह ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
ग्लोबल छनोटको समूह बी का खेल जिम्बावेमा हुनेछन् । समूह बी मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । टि२० ग्लोबल छनोट बी जुलाई ८ देखि १८ सम्म जिम्बावेमा हुनेछ । टि२० विश्वकप २०२२ आगामी अक्टोबर(नोभेम्बरमा हुनेछ । २०२४ देखि भने टि२० विश्वकपमा २० टोली हुनेछन् । नेपालले पहिलो तथा एकमात्र विश्वकप २०१४ मा खेलेको थियो ।
क्यानले घोषणा गरेको नेपालको पहिलो चरणको ३० सदस्य टोली :
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम, सन्दीप जोरा, अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहित कुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकर शाह ।
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणको अन्तिम खेल सोमवार समाप्तिसँगै प्लेअफ समीकरण पूरा भएको हो । लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भए । एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान […]