default_image

3 years ago

January 1, 2022

होबार्टको हारमा सन्दीपको कमजोर प्रदर्शन

202 views

0 Bookmark

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ मा ब्रिसबेन हीटविरुद्ध खेलमा कमजोर प्रदर्शन गरेका छन् । सन्दीप सम्मिलित होबार्ट हरिकेन्स ब्रिसबेनसँग १४ रनले पराजित भएको छ ।

टस हारेर पहिला ब्याटिङ थालेको हीटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । हीटका जेम्स बज्लेले २७ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४४ रनमा अविजित रहे । क्रिस लिन १३, साम हेजलेट २६ र ज्याक विल्डरमुथले २८ रन जोडे ।
होबार्टका थोमस रेजर्सले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । नाथन एलिसले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए ।

१ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३६ रन मात्र बनाउन सक्यो । होबार्टका थोमस रेजर्सले २० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३३ रन बनाए । डार्सी शर्ट २७, ह्यारी ब्रुक २२ र नाथन एलिसले १८ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

यस्तो रह्यो सन्दीपको चार ओभर

सन्दीपले सातौं ओभरमा ६ रन खर्चिदै सुरुवात गरेका थिए । सन्दीपले पहिलो र दोस्रो बल साम हेजलेटलाई डट राख्दै राम्रो सुरुवात गरे । तेस्रो बलमा उनले डिप स्क्वायरमा चौका प्रहार गरे । चौथो र पाँचौं बलमा एक एक रन खर्चिदा अन्तिम बल डट राख्दै सन्दीपले पहिलो ओभर अन्त्य गरे ।

सन्दीपले १० औं ओभरमा ८ रन खर्चिए । दशौं ओभरको पहिलो बलमा जेभियर बार्टलेटलाई सन्दीपले एक रन दिए । दोस्रो बलमा उनले एक्स्ट्रा कभरमा चौका प्रहार गरे । तेस्रो र चौथो बलमा सन्दीपले एक एक रन खर्चिए । पाँचौं बल डट राखेका सन्दीपले अन्तिम बलमा एक रन दिए ।
१५ औं ओभरमा भने सन्दीपले राम्रो प्रदर्शन गर्नेक्रममा पाँच रन खर्चे । सन्दीपले पहिलो बल विल्डरमुथ र दोस्रो बल बज्लेलाई एक एक रन दिए । सन्दीपले चौथो बल डट राख्दा यस ओभरका अन्य सबै बलमा एक एक रन खर्चेका थिए ।

सुरुवाती ३ ओभरमा १९ रन खर्चेका सन्दीपले अन्तिम ओभरमा १८ रन खर्चेपछि महँगो बलर बन्न पुगेका थिए । १८ औं ओभरको पहिलो बलमै सन्दीपलाई बज्लेले सानदार छक्का प्रहार गरेपछि अर्को बलनै परिवर्तन गर्नु परेको थियो ।

दोस्रो बलमा चौका र तेस्रो बलमा एक रन खर्चिए । चौथो बलमा सन्दीपले ज्याक विल्डरमुथलाई डार्सी शर्टबाट क्याच आउट गराउँदै पहिलो विकेट लिएका थिए । पाँचौं बलमा एक रन खर्चिए । अन्तिम बलमा सन्दीपलाई मार्क स्टेकेटीले मिड विकेटमा छक्का प्रहार गरेपछि महँगो सावित बनेका थिए ।

जारी बिग ब्यासमा सन्दीपको प्रदर्शन

सन्दीप जारी बिग ब्यासमा ८ खेलमा ६ विकेट लिएका छन् । जसमा चार खेलमा विकेट विहीन बनेका छन् । पहिलो खेलमा सिड्नी सिक्सर्ससँग १ विकेट लिएका थिए । सन्दीप दोस्रो खेलमा सिक्सर्ससँगनै विकेट विहीन बनेका थिए । तेस्रो खेलमा पर्थ स्कोचर्ससँग १ विकेट लिँदा चौथो खेलमा पर्थ स्कोचर्सविरुद्ध ४ ओभरमा ३९ रन खर्चेपनि विकेट लिन सकेका थिएनन् ।

मेलबर्न स्टार्ससँग ४ ओभरमा ३२ र पर्थ स्कोचर्ससँग ४ ओभरमा ३९ रन खर्चिदा लगातार विकेट विहीन बनेका थिए । सन्दीपले एडिलेड स्ट्राइकर्सविरुद्ध ३ ओभरमा ३१ रन खर्चेपनि विकेट लिन सकेका थिएनन् । मेलबर्न रेनेगड्सविरुद्ध सन्दीपले ३.५ ओभरमा ३२ रन खर्चेर तीन विकेट लिएका थिए । होबार्ट ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंकका साथ तेस्रो स्थानमा छ । होबार्टले बुधबार एडिलेड स्ट्राइकर्ससँग खेल्नेछ ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.