default_image

2 years ago

December 31, 2021

भारतलाई यू–१९ एसिया कपको उपाधि

155 views

0 Bookmark

एजेन्सी – भारतले एसिसी यू–१९ एसिया कप २०२१ को उपाधि जितेको छ । शुक्रबार फाइनलमा श्रीलंकालाई ९ विकेटले हराउँदै भारतले आठौं पटक यू-१९ एसिया कपको उपाधि जितेको हो ।

डकवर्थ लेविस पद्धतीको आधारमा जितको लागि १ सय २ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २१.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । भारतको जितमा ओपनर अङ्कृष्ण रघुवंशी ६७ बलमा ७ चौकासहित ५६ रनमा अविजित रहे । शेख राशिद ४९ बलमा २ चौका सहित ३१ रनमा अविजित रहे ।

त्यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ३८ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । वर्षाले प्रभावित हुँदा खेल ३८ ओभरमा झारिएको थियो ।

श्रीलंकका तल्लोक्रमका यासिरु रोर्डिगोले २६ बलमा २ चौका सहित सर्वाधिक १९ रन बनाए । मथिशा पाथिरानाले १४, रविन डि सिल्भाले १५ र सदिशा राजपक्षेले १४ रन बनाए । भारतका विक्की ओस्टलले सर्वाधिक तीन विकेट लिए । कौशल ताम्बेले दुई विकेट लिएका थिए ।

भारतले आठौं पटक यू-१९ एसिया कपको उपाधि जितेको हो । हाल सम्म यू-१९ एसिया कपको नौं संस्करण सकिँदा भारतले एक पटक मात्र गुमाएको छ । २०१७ मा भारत पहिलो पटक फाइनल नपुगि बाहिरिएको थियो । त्यस वर्ष भारतले नेपालसँग हारेको थियो । २०१२ मा भारतले पाकिस्तानसँग संयुक्त रुपमा उपाधि बाँडेको थियो । अन्य सबै संस्करण (१९८९, २००३, २०१३/१४, २०१६, २०१८, २०१९ र २०२१) मा भारत च्याम्पियन बनेको छ ।

नेपाल समूह बी मा रहेपनि बंगलादेश, श्रीलंका र कुवेतसँग पराजित हुँदै जित विहीन हुँदै बुधबार स्वदेश फर्किएको थियो ।

June 29, 2024

टि ट्वान्टी विश्व कप फाइनल- भारत र दक्षिण अफ्रिका भिड्दै

एजेन्सी – आइसिसी टि ट्वान्टी विश्वकपको शनिबार हुने फाइनलको एक टोलीले अपराजित रहँदै उपाधि उचाल्नेछ। बार्बाडोसस्थित किङ्सटाउन क्रिकेट रंगशालामा हुने फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच फाइनल हुनेछ। जारी विश्वकपमा यी दुई टोली मात्र अपराजित रहँदै अन्तिम दुईमा पुगेका हुन्। दक्षिण अफ्रिकाले खेलेका सबै ८ खेल जितेको थियो। समूह चरणमा क्यानाडा सँगको खेल रद्द भए बाहेक […]

June 28, 2024

भारत टि-ट्वान्टी विश्वकपको फाइनलमा

एजेन्सी – इङ्ल्यान्ड माथि फराकिलो जित दर्ता गर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गयानामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत तेस्रो पटक टि-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा १ […]

June 27, 2024

सेमिफाइनलमा इंग्ल्यान्डले टस जित्यो

एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले टस जितेर पहिलो फिल्ड गर्ने भएको छ । भारतले पहिलो ब्याटिङको निम्तो पाएको छ । प्रतियोगितामा अपराजित रहेको भारतले टोलीमा कुनै परिवर्तन गरेको छैन । इंग्ल्यान्डले सुरुवाती खेलमा बेन्चमा रहेका साम करनलाई आजको खेलमा पनि समावेश गरेको छ । भारत: रोहित शर्मा, विराट कोहली, ऋषभ पन्त, […]

Success

Thank you for your time.