default_image

3 years ago

December 30, 2021

भारत र श्रीलंका यू–१९ एसिया कपको फाइनलमा

125 views

0 Bookmark

एजेन्सी – भारत र श्रीलंका युएईमा जारी एसिसी यू–१९ एसिया कप २०२१ को फाइनलमा पुगेका छन् । बिहीबार भएको सेमिफाइनलमा भारतले बंगलादेश र श्रीलंकाले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई २२ रनले पराजित गर्यो । १ सय ४८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४९.३ ओभरमा १ सय २५ रनमा अल आउट भयो । पाकिस्तानका मोहम्मद शाहजादले ७५ बलमा १ चौकासहित ३० र अहमद खानले ७४ बलमा १ चौका सहित ३६ रन जोडे । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

श्रीलंका ट्रेभिन म्याथ्यूले १० ओभरमा ३ मेडन सहित १४ रन खर्चेर ४ विकेट लिए । दुनिथ वेलालेजेले ९.३ ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ३ विकेट लिए । त्यसअघि आइसिसी एकेडेमी दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका ४४.५ ओभरमा १ सय ४७ रनमा अल आउट भयो ।

श्रीलंकाका तल्लोक्रमका यासिरु रोर्डिगो र मथेशा पाथीरानाले ३१–३१ रन बनाए । एक समय ७०–८ को अवस्थामा पुगेको श्रीलंकालाई नवौं विकेटका लागि रोर्डिगो र पाथिरानाले ४७ तथा अन्तिम विकेटका लागि म्याथ्यु र यासिरुले ३० रनको साझेदारी गरेका थिए । पाकिस्तानका सैद जिशान जामिरले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर ४ विकेट लिए । अहमद खान र वविस अलीले २–२ विकेट लिए ।

अर्को सेमिफाइनलमा भारतले बंगलादेशलाई १ सय ३ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४३ रन बनायो । भारतका शीर्षक्रमका ब्याटर शेख राशिदले १ सय ८ बलमा ३ चौका र १ छक्कासहित ९० रनको महत्वपूर्ण इनिङ खेले ।

विक्की वोस्टलले २८ र कप्तान यश धुल २६ रनमा आउट भए । बंगलादेशका कप्तान रकिबुल हसनले सर्वाधिक तीन विकेट लिए । २ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ३८.२ ओभरमा १ सय ४० रनमा अल आउट भयो । बंगलादेशका अरिफुल इस्लामले ७७ बलमा १ चौकासहित सर्वाधिक ४२ रन बनाए ।

मफिजुल इस्लामले २६ र रकिबुलले १६ रन जोडे । भारतका रवि कुमार, राज बावा,विक्की ओस्टल, राजवर्धन हांगरगेकरले २–२ विकेट लिए । फाइनल शुक्रबार हुनेछ । नेपाल समूह बी मा रहेपनि बंगलादेश, श्रीलंका र कुवेतसँग पराजित हुँदै जित विहीन हुँदै बुधबार स्वदेश फर्किएको थियो ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.