3 years ago
December 26, 2021
एजेन्सी – उपकप्तान तथा ओपनर लोकेश राहुल (केएल) को शतकमा भारतले दक्षिण अफ्रिकासँग पहिलो टेस्ट खेलमा मजबुत ब्याटिङ गरेको छ । पहिलो टेस्टको पहिलो दिन सुपर स्पोर्ट्स पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ९० ओभरमा २७२–३ को बलियो अवस्थामा खेल सकिएको छ ।
भारतका ओपनर लोकेश राहुल २ सय ४८ बलमा १६ चौका र १ छक्कासहित १ सय २२ रनमा अविजित छन् । राहुलको यो टेस्ट करिअरको सातौं शतक हो । अनुभवी ब्याटर अजिक्या रहाणे ८१ बलमा ८ चौका सहित ४० रनमा अविजित छन् । चौथो विकेटको लागि राहुल र रहाणे बीच ७३ रनको साझेदारी भई सकेको छ ।
भारतलाई ओपनर मयंक अग्रवाल र लोकेश राहुलले पहिलो विकेटका लागि ४०.२ ओभरमा १ सय १७ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिए । अग्रवाललाई तीव्र गतिका बलर लुन्गिी एनगिडीले ६० रनमा एलबीडब्लू आउट गर्दै शतकीय सुरुवाती साझेदारी तोडेका थिए । अग्रवालले १ सय २३ बलमा ९ चौका प्रहार गरे । लगत्तै अर्को बलमा चेतेश्वर पुजारा गोल्डेन डक आउट भए ।
कप्तान विराट कोहलीलाई एनगिडीले ३५ रनमा वियान मुल्डरबाट क्याच गराए । कोहलीले ९४ बलमा ४ चौका प्रहार गरे । दक्षिण अफ्रिका लुन्गी एनगिडीले एक्लै तीन विकेट लिएका छन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]