3 years ago
December 25, 2021
एजेन्सी – एसिसी यू१९ एसिया कपमा पाकिस्तानले भारतमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ । पाकिस्तानले भारतमाथि रोमान्चक जित हात पार्दै समूह ए को अंक तालिकामा शीर्ष स्थानमा उक्लिदै सेमिफाइनल नजिक पुगेको छ ।
२ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । जितको लागि अन्तिम बलमा दुई रन चाहिँएको अवस्थामा अहमद खानले रवी कुमारलाई चौका प्रहार गर्दै पाकिस्तानलाई रोमान्चक जित दिलाए । पाकिस्तानका शीर्षक्रमका ब्याटर मोहम्मद शाहजादले १ सय ५ बलमा ४ चौका र ५ छक्कासहित ८१ रनको उत्कृष्ट इनिङ खेले ।
शाहजाद रन आउट हुनुअघि बलियो अवस्थामा रहेको पाकिस्तानले अन्तिम समयमा संघर्ष गर्नु परेको थियो । अन्तिम १२ बलमा १८ रन चाहिँएको अवस्थाबाट पाकिस्तानले जित हात पारेको हो । चौका प्रहार गर्दै खेल जिताएका अहमद खान १९ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । रिजवान मोहम्मद २९, मोहम्मद इरफान खान ५२, क्पास अक्रम २२ र माज अहमद २९ रनको योगदान दिए । भारतका राजनगड बावाले १० ओभरमा ५६ रन खर्चेर ४ विकेट लिए ।
त्यसअघि आइसिसी एकेडेमी नम्बर २ मा टस हारेर ब्याटिङको निम्तो पाएको भारत ४९ ओभरमा २ सय ३७ रनमा अल आउट भयो । भारतका आराध्याले ८३ बलमा ३ चौका सहित सर्वाधिक ५० रन बनाए । हरनुर पन्नु ४६, राजनगड बावा २५, कौशल ताब्बे ३२ र राजवर्धन हांगरगेकरले ३३ रन बनाए । पाकिस्तानका सैद जिशान जमिरले १० ओभरमा ६० रन खर्चेर ५ विकेट लिए ।
समूह बी को खेलमा बंगलादेशले कुवेतलाई २ सय २७ रनको फराकिलो अन्तरले पराजित गर्यो । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको बंगलादेश ४९.२ ओभरमा २ सय ९१ रनमा अल आउट भएको थियो ।
बंगलादेशका ओपनर महफिजुल इस्लामले १ सय १९ बलमा १२ चौका र ४ छक्कासहित १ सय १२ रनको शतकीय इनिङ खेले । एसएम मेहरोब ४२, अरिफुल ईस्लाम २३ र रकिबुल ईस्लामले २१ रन बनाए । कुवेतका अब्दुल शदिकले सर्वाधिक तीन विकेट लिए । हेनरी थोमस र मोहम्मद उमरले २–२ विकेट लिए ।
२ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको कुवेत २५.३ ओभरमा ६४ रनमा अल आउट भयो । ओपनर तथा कप्तान मिट भव्सारले ७७ बलमा ५ चौका सहित सर्वाधिक ४३ रनको योगदान दिए । बंगलादेशका रिपन मन्डोलले सर्वाधिक तीन विकेट लिए । एसएम मेहरोब र रकिबुल हसनले २–२ विकेट लिए ।
समूह ए को अर्को खेलमा अफगानिस्तानले युएईलाई १ सय ४१ रनको फराकिलो अन्तरले हरायो । आइसिसी एकेडमीमा टस हारेर ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९४ रन बनायो । अफगानिस्तका मध्यक्रमका अल्लाह नुरले १ सय २३ बलमा ११ चौका र १ छक्कासहित १ सय रनको अविजित शतकीय इनिङ खेले ।
इज्जा अहमदले ३० रन बनाए । युएईका निलांस केसवानी सर्वाधिक तीन विकेट लिए । अलिशान शरिफुल र सैलेश जयशंकरले २-२ विकेट लिए । १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको युएइृ १४.४ ओभरमा ५४ रनमा अल आउट भयो । युएईका आयन अफ्जल खान १४ र निलांस केसवानीले १५ रन बनाए । अफगानिस्तानका बिलाल सामी र खलिल अहमदले ३–३ विकेट लिए ।
पाकिस्तान समूह ए मा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई ४ विकेटले हराएको थियो । पाकिस्तानले आफ्नो अन्तिम खेल सोमबार युएईसँग खेल्ने छ । भारत २ खेलमा १ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । पहिलो खेलमा भारतले युएईलाई १ सय ५४ रने हराएको थियो ।
अन्तिम खेलमा सोमबार भारतले अफगानिस्तानसँग खेल्नेछ । शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न भारतलाई अन्तिम खेलमा जित्नै पर्ने हुन्छ । अफगानिस्तान २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । युएई २ खेलमा अंक विहीन हुँदै पुछारमा छ । युएई प्रतियोगिताबाट बाहिरि सकेको छ ।
समूह बी मा बंगलादेश २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । श्रीलंका १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । कुवेत २ खेलमा अंक विहीन हुँदै तेस्रो र नेपाल १ खेलमा अंक विहीन हुँदै पुछारमा छ । नेपालले आइतबार श्रीलंका र मंगलबार कुवेतसँग खेल्नेछ । शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न नेपालले बाँकी दुई खेलमा फराकिलो जित हात पार्नुपर्ने हुन्छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]