default_image

3 years ago

December 24, 2021

बिग ब्यासमा सन्दीप फेरि विकेट विहीन

70 views

0 Bookmark

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ मा आफ्नो पूर्व टोली मेलबर्न स्टार्सविरुद्ध कमजोर प्रदर्शन गरेका छन् । १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्नले १५ ओभरमा ४ विकेट गुमाउँदै १ सय १६ रन बनाएको छ । मेलबर्नका विकेटकिपर जो क्लार्क ५२ रनमा आउट भए । आन्द्रे रसेल तीन रनमा खेलि रहेका छन् ।

लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ३२ रन खर्चेपनि विकेट लिन सकेनन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको होबार्ट हरिकेन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो ।

होबार्टका ओपनर बेन म्याकडेरमोटले ४३ बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रन बनाए । कप्तान म्याथ्यु वेड ३९, डार्सी शर्ट २६ र टिम डेविडले २२ रन जोडे । मेलबर्न स्टार्सका आन्द्रे रसेलले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । नाथन कुल्टर नाइलले २ विकेट लिए ।


सन्दीपको चार ओभर


सन्दीपलाई होबार्टले पाँचौं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र तीन रन खर्चिदै उत्कृष्ट सुरुवात गरे । पहिलो बल अष्ट्रेलियाका स्टार अलराउन्डर मार्कस स्टोइनिसलाई एक रन दिएका सन्दीपले त्यसपछि दोस्रो र तेस्रो बल जो क्लार्कलाई डट राखे । चौथो बलमा एक रन, पाँचौं बलमा डट र अन्तिम बलमा एक रन खर्चिए ।


सातौं ओभरमा सन्दीपले सात रन खर्चिए । ग्लेन म्याक्सवेललाई पहिलो र जो क्लार्कलाई दोस्रो बलमा एक रन रन खर्चिए । तेस्रो बलमा एन, चौथो बलमा दुई, पाँचौं र छैटौं बलमा सन्दीपले एक एक रन खर्चिएका थिए ।

दशौं ओभरमा भने सन्दीप महँगो सावित हुँदै १९ रन खर्चिए । पहिलो बलमै क्लार्कले सन्दीपलाई डिप मिडविकेटमा छक्का प्रहार गरेका थिए । दोस्रो र तेस्रो बलमा एक एक रन खर्चिए । चौथो बलमा क्लार्कले मिडविकेटमा चौका प्रहार गरेका थिए । अर्को बलमा डिप विकेटमा छक्का प्रहार गरेपछि सन्दीप महँगो सावित बनेका थिए । अन्तिम बलमा एक रन लिँदै स्ट्राइक हातमा राखे ।

१५ औं ओभरको पहिलो बलमा सन्दीपले आन्द्रे रसेललाई एक रन दिए । दोस्रो बलमा हिल्टन कार्टराइटलाई डट र तेस्रो बलमा एक रन दिए । चौथो बलमा रसेललाई डट राख्दा पाँचौं बलमा दुई रन र अन्तिम बलमा डट राख्दै स्पेल सकाए ।

जारी बिग ब्यासमा सन्दीप पाँच खेल मध्य तेस्रोमा विकेट विहीन बनेका हुन् । पहिलो खेलमा सिड्नी सिक्सर्ससँग १ विकेट लिएका थिए । सन्दीप दोस्रो खेलमा सिक्सर्ससँगनै विकेट विहीन बनेका थिए । तेस्रो खेलमा पर्थ स्कोचर्ससँग १ विकेट लिएका थिए । चौथो खेलमा पर्थ स्कोचर्सविरुद्ध ४ ओभरमा ३९ रन खर्चेपनि विकेट लिन सकेका थिएनन् । सुरुवाती पाँच खेलमा सन्दीपको प्रदर्शन खराब छ ।

July 5, 2024

आदिल आलमको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – म्याच फिक्सिङको मुद्दामा मुछिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर आदिल आलमको निलम्बन फुकुवा सम्बन्धी प्रक्रिया अघि बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठक सफाई पाएका आदिलको निलम्बन फुकुवा सम्बन्धित प्रक्रिया अघि बढाएको छ । बैठकले अल राउन्डर आदिल निलम्बन फुकुवाको प्रकीया सम्बन्धमा संघको अनुसन्धान समितिलाई १ हप्ता […]

July 5, 2024

नेपाल प्रिमियर लिग (एनपिएल) नोभेम्बर-डिसेम्बरमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको आफ्नै फ्रान्चाइज टि-ट्वान्टी प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) आउँदो नोभेम्बर डिसेम्बरमा हुने भएको छ । बिहीबार र शुक्रबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समितिको बैठकले यसै वर्ष सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । पछिल्लो पटक नेपाल टि-२० नामले चलेको यस प्रतियोगितामा विभिन्न विवादमा मुछिएको थियो । […]

July 5, 2024

सन्दिप सेन्ट्रल कन्ट्रयाक्टमा पुनर्स्थापित

काठमाडौं (हाम्रोखेलकुद) – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछाने सेन्ट्रल कन्ट्रयाक्टमा पुनर्स्थापित भएका छन् । बिहीबार र शुक्रवार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठकले सन्दिपलाई पुनः सेन्ट्रल कन्ट्रयाक्टमा अनुबन्ध गर्ने निर्णय गरेको हो । सन्दिप सेन्ट्रल कन्ट्रयाक्टको ‘ए’ ग्रेडमा रहने क्यानले जानकारी गराएको छ । उनलाई टि-२ ०आईमा १०० विकेट लिएका […]

Success

Thank you for your time.