3 years ago
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू१९ एसिया कपमा नेपालले पहिलो खेलमा बंगलादेशविरुद्ध मध्यम सुरुवात गरेको छ । शारजाह क्रिकेट स्टेडियम युएईमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले सुरुवाती २० ओभरमा २ विकेट गुमाउँदै ८४ रन बनाएको छ ।
बंगलादेशका मध्यक्रमका मोहम्मद प्रान्तिक नाबिल २२ र आइज मुल्ला १३ रनमा अविजित छन् । प्रान्तिक बंगलादेशले २०२० को यू१९ विश्वकप जित्दाका सदस्य समेत हुन् । बंगलादेशका ओपनर मोहम्मद महफिजुल ईस्लाम र इफ्ताखर हसन इफिट्ले पहिलो विकेटका लागि ११ ओभरमा ३९ रनको साझेदारी गर्दै औसत सुरुवात दिलाएका थिए । स्पिनर तिलकराज भण्डारीले ११ औं ओभरको अन्तिम बलमा ओपनर ईस्लामलाई विकेटकिपर अर्जुन साउदबाट १७ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । ३३ बल खेलेका ईस्लामले २ चौका प्रहार गरे ।
१६ औं ओभरको अन्तिम बलमा एक रन लिनेक्रममा एक्स्ट्रा कभरबाट आदिल अन्सारीले नन स्ट्राइकमा सिधैं स्टम्प ताक्दै इफ्टिलाई २१ रनमा पेभेलिएन फर्काए । उनले ४५ बलमा २ चौका प्रहार गरे । तीव्र गतिका बलर गुलशन झाले ५ ओभरमा १७ र दुर्गेश गुप्ताले समान ओभरमा १८ रन खर्चिएका छन् । तिलक राज भण्डारीले ५ ओभरमा २९ रन खर्चेर १ विकेट लिएका छन् । बशिर अहमदले ५ ओभरमा २० रन खर्चेका छन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]