default_image

3 years ago

December 24, 2021

नेपालले बंगलादेशविरुद्ध पहिला फिल्डिङ गर्दै

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१९ एसिया कपमा नेपालले पहिलो खलमा बंगलादेशसँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।शारजाह क्रिकेट स्टेडियममा बंगलादेशका कप्तान रकिबुल हसनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपाल टेस्ट टोली बंगलादेशलाई स्तब्ध पार्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । बंगलादेश नेपालमाथि सहज जितका साथ विजयी सुरुवात गर्ने सोचमा हुनेछ ।

समूह बी मा नेपाल, बंगलादेश, श्रीलंका र कुवेत छन् । समूह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र युएई छन् । नेपाली यू१९ टोली उच्च मनोबलका साथ युएई पुगेको छ । नेपालले साविक विश्वकप च्याम्पियन बंगलादेशलाई हराउँदै सनसनी मच्चाउन चाहन्छ । आइसिसी यू१९ एसिया छनोट रद्ध हुँदा विश्वकप खेल्ने अवसर गुमाएको नेपाल त्यसको इख एसिया कपमा पोख्ने सोचमा छ ।

विश्वकप विजेता बंगलादेश नेपालमाथि सहज जित निकाल्ने सोचमा हुनेछ । बंगलादेशले विश्वकप जित्दाका रकिबुल हसन, प्रान्तिक नाबिल र एसएम मेहरोब टोली हुँदा बंगलादेश मजबुत छ ।

नेपालको प्लेइङ ११ :

देव खनाल (कप्तान), विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलकराज भण्डारी, अर्जुन कुमाल, बशिर अहमद, दुर्गेश गुप्ता र अर्जुन साउद ।

हेड टु हेड :

बंगलादेश र नेपालबीच २००८ यता पाँच खेल भएको छ । जसमा बंगलादेशको यू(१९ टोलीले चार खेलमा जित निकालेको छ । एक खेल वर्षाको कारण हुन सकेको छैन । २०१९मा बंगलादेशले नेपाललाई ६ विकेटले हराएको थियो । २०१७ मा बंगलादेशले नेपालमाथि कठिन २ विकेटको जित हात पारेको थियो ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.