3 years ago
December 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ एसिया कप खेल्ने नेपाली यू–१९ टोलीलाई बिदाई गरेको छ । युएईमा हुने यू–१९ एसिया कपको सोमबार क्यानले एक औपचारिक कार्यक्रमकाबीच बिदाई गरेको हो ।
बिदाई कार्यक्रमका क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाअध्यक्ष रोशन सिंह तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) ले शुभमामना ब्यक्त गर्दै बिदाई गरेका थिए । बिदाई कार्यक्रममा प्रशिक्षक वसन्त शाही ठकुरीले नेपालको उदेश्य टेस्ट टोलीलाई आश्चर्य पार्दै सेमिफाइनल खेल्ने बताए ।
कप्तान देभ खनालले यू१९ एसिया कप एउटा राम्रो अवसर रहेको बताए । ‘हामी सहभागी भएर मात्रै फर्किदैनौं । राम्रो क्रिकेट खेल्दै फाइनल खेल्ने सोच छ । विपक्षी टोली टेस्ट हो भन्दैमा मैदानमा फरक प्रदैन’, देवले भने ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले वाई वाई यु-१९ राष्ट्रिय प्रतियोगिताले मनोवल बढेको बताउँदै उत्कृष्ट प्रदर्शन गर्नमा शुभकामना ब्यक्त गरे ।
नेपाली यु१९ आज राती १० बजे युएईतर्फ प्रस्थान गर्ने कार्यक्रमछ । यू-१९ एसिया कपमा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत समूह बी मा छन् । समूह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र युएई छन् । समूह ए का खेल दुबई र बी का खेल शारजाहमा हुनेछन् । यू-१९ एसिया कप पुष ८ देखि १६ गते सम्म (डिसेम्बर २३ देखि ३१ सम्म) युएईमा चल्नेछ ।
नेपालले पहिलो खेल पुष ८ (डिसेम्बर २३) मा बंगलादेशसँग शाहजाहमा खेल्नेछ । नेपालले पुष ११ (डिसेम्बर २६) मा श्रीलंका र पुष १३ (डिसेम्बर २८) मा कुवेतसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । दुबै सेमिफाइनल पुष १५ (३० डिसेम्बर) मा हुनेछ । फाइनल पुष १६ (डिसेम्बर ३१ मा) हुनेछ ।
दुबै समूह शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनल आइसिसी एकेडेमी ओभल १ मा र दोस्रो शारजाह क्रिकेट मैदानमा हुनेछ ।
नेपाली यूः१९ टोली :
देव खनाल (कप्तान), शेर मल्ल (उप(कप्तान), दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, बशिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी ।
प्रशिक्षक : वसन्त शाही ठकुरी
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]