3 years ago
December 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ टोलीका युवा ओपनर सन्तोष कार्कीले अभ्यास खेलमा नेपाल एपिएफ क्लबमाथि विष्फोटक शतकीय इनिङ खेलेका छन् । आइतबार भएको खेलमा राष्ट्रिय क्रिकेट टोलीका ओपनर प्रदीप ऐरीको शतकमा नेपाल एपिएफ क्लबले यू१९ नेपाली टोलीमाथि तीन विकेटको रोमान्चक जित हात पार्यो ।
टियु क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको यू–१९ टोलीले सन्तोषको उत्कृष्ट शतकको सहयोगमा निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७५ रन बनाएको थियो । यू-१९ टोलीका ओपनर सन्तोष कार्कीले १ सय ४७ बलमा १५ चौका र ७ छक्कासहित १ सय ५३ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेले ।
कप्तान देव खनालले ५९ बलमा ६ चौकासहित ३५ रन जोडे । बशिर अहमद २५ रनमा आउट भए । आदिल अन्सारी १७ बलमा ५ चौका र १ छक्कासहित ३४ रनमा अविजित रहे । एपिएफका स्पिनर दीपक बोहराले ८ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । कप्तान शरद भेषावकरले ७ ओभरमा ५४ रन खर्चेर २ विकेट लिए । २ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले ४८.५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । एपिएफका प्रदीप ऐरीले १ सय १४ बलमा १३ चौका र २ छक्कासहित १ सय ४ रनको शतकीय इनिङ खेले ।
युवा ब्याटर सुमित महर्जनले ५० बलमा ४ चौका र ३ छक्कासहित ५५ रनको योगदान दिए । ओपनर रित गौतम शून्य र आसिफ शेख १३ रनमा आउट भए । दीपक बोहरा २६ र पुरन विकले खाता खोल्न सकेनन् । शरद भेषावकर ३१ बलमा २० रनमा अविजित रहे । अमर सिंह राउटेलाले २३ बलमा २५ रन जोडे । नेपाली यू१९ का गुलशन झाले ९.५ ओभरमा १ मेडन सहित ५४ रन खर्चेर ३ विकेट लिए । स्पिनर बशिर अहमदले ९ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । दीपक कंडेल र आदिल अन्सारीले १–१ विकेट लिए ।
शनिबार यू-१९ टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको थियो । उक्त खेलमा अर्जुन कुमालले १ सय १५ बलमा ११ चौकासहित ९३ रनको अविजित इनिङ खेलेपछि यू१९ टोलीले ४७.१ ओभरमा ३ विकेट गुमाउँदै २ सय ३१ रनको लक्ष्य पूरा गरेको थियो । देव खनालले ७५ बलमा ६२, सन्तोष कार्की र राहुल भण्डारीले ३३–३३ रन बनाएका थिए ।
त्यसअघि पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन मात्र बनाएको थियो । पुलिसका सुनिल धमलाले १ सय ४१ बलमा ११ चौका सहित सर्वाधिक ९८ रन बनाएका थिए । अमित श्रेष्ठ १९, अनिल शाह २९, आरिफ शेख १९, दीलिप नाथ शून्य, मन्जित श्रेष्ठ १६ र शंकर राना ६ रनमा आउट भएका थिए । यू१९ टोलीका शेर मल्लले १० ओभरमा २ मेडन सहित २१ रन खर्चेर ४ विकेट लिए ।
यू-१९ टोलीले नेपाली सिनियर टोलीसँग दुई अभ्यास खेल खेल्ने कार्यक्रम थियो । तर पछिल्लो समय नेपाली क्रिकेटमा देखिएको विवादको कारण स्थगित भएको थियो । नेपाली क्रिकेटमा गुटउपगुट अत्याधिक छ । चार खेलाडी कारबाहीमा परेपनि त्यहि गुटको कारण अन्य खेलाडीले नखेल्ने जनाएपछि विभागीय टोलीसँग दुई खेल खेलेको हो ।
क्यान बोर्ड बैठकले बुधबार अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको थियो । यी दुई खेलाडीसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को सुरुवाती ६ महिना ग्रेडमा नराख्ने जनाएको थियो । क्यानको निर्णयको विरोध गर्दै अन्य खेलाडीहरु पनि नखेल्ने जनाएका थिए ।
नेपाली यू-१९ टोली सोमबार युएई प्रस्थान गर्नेछ । नेपाल, बंगलादेश, श्रीलंका र कुवेत समूह बी मा छ । नेपालले पहिलो खेल पुष ८ मा बंगलादेशसँग खेल्नेछ ।
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद)- युगाण्डामा जारी वुमेन्स डे कप टि ट्वान्टी आई सिरिजमा नेपालले हङकङविरुद्धको खेलमा टस हारेको छ । हङकङकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]