3 years ago
December 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनालले यू–१९ एसिया कपमा नेपालको लक्ष्य फाइनल पुग्ने रहेको बताएका छन् । युएईमा हुने यू–१९ एसिया कपको लागि सोमबार नेपाली टोली त्यसतर्फ प्रस्थान गर्नेछ ।
नेपालले देव खनालको कप्तानीमा १५ सदस्य टोली घोषणा गरिसकेको छ । देवले नेपालको लक्ष्य उत्कृष्ट प्रदर्शनका साथ फाइनल खेल्ने बताए । ‘तयारी राम्रो भएको छ । प्रशिक्षक वसन्त शाही सर, साहायक प्रशिक्षक कलाम अली सर लगायत सबै खेलाडीले कडा मिहिनेत गर्नुभएको छ,’ उनले भने ।
‘यू–१९ एसिया कप भनेको ठूलो प्रतियोगिता हो । एकदम राम्रो लयमा गएका छौं । आशा छ हामीले त्यहाँ गएर राम्रो गर्नेछौं’, कप्तान देवले भने ।
‘बंगलादेश र श्रीलंका टेस्ट टोली हुन् । नेपाल पनि विकसित भइरहेको टोली हो । हामीले राम्रो क्रिकेट खेलिरहेका छौं । राम्रो प्रतिस्पर्धा दिनेछौं । हाम्रो लक्ष्य राम्रो क्रिकेट खेल्दै नेपाललाई गर्व गराउने छ । टिमको हिसावमा लक्ष्य फाइनल जितेर आउने राख्छौं नै । जे हुन्छ राम्रो क्रिकेट खेल्ने हो’, देवले भने ।
त्यसैमा उनले थपे, ‘खेलाडीको हिसाबमा मेरो लक्ष्य नेपालको लागि राम्रो गर्ने हो । यू१९ एसिया कपमा राम्रो गर्नेमा आत्माविश्वासी छौं । आशा छ हामी एकदमै राम्रो क्रिकेट खेल्ने छौं ।’
नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत समूह बी मा छन् । समूह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र युएई छन् । समूह ए का खेल दुबई र बी का खेल शारजाहमा हुनेछन् । यू-१९ एसिया कप पुष ८ देखि १६ गते सम्म (डिसेम्बर २३ देखि ३१ सम्म) युएईमा चल्नेछ ।
नेपालले पहिलो खेल पुष ८ (डिसेम्बर २३) मा बंगलादेशसँग शाहजाहमा खेल्नेछ । नेपालले पुष ११ (डिसेम्बर २६) मा श्रीलंका र पुष १३ (डिसेम्बर २८) मा कुवेतसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । दुबै सेमिफाइनल पुष १५ (३० डिसेम्बर) मा हुनेछ । फाइनल पुष १६ (डिसेम्बर ३१ मा) हुनेछ ।
दुबै समूह शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनल आइसिसी एकेडेमी ओभल १ मा र दोस्रो शारजाह क्रिकेट मैदानमा हुनेछ ।
नेपाली यू-१९ टोली :
देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, बशिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी ।
प्रशिक्षक : वसन्त शाही ठकुरी
टिम व्यवस्थापक : धर्मराज गिरी
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]