3 years ago
December 18, 2021
एजेन्सी – अष्ट्रेलियाले एशेज सिरिज अन्तर्गत दोस्रो खेलमा उत्कृष्ट पूनरागमन गरेसँगै विशाल अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमा अष्ट्रेलिया दोस्रो इनिङमा १७ ओभरमा ४५–१ को अवस्थामा छ ।
अष्ट्रेलियाले समग्रमा २ सय ८२ रनको अग्रता लिएको छ । पहिलो इनिङमा अष्ट्रेलियाले २ सय ३७ रनको अग्रता पाएको थियो । दोस्रो इनिङमा अष्ट्रेलिया डेविड वार्नर १३ रनमा रन आउट भए । मार्कस हरिस २१ र माइकल नेसर २ रनमा अविजित छन् ।
इंग्ल्यान्ड पहिलो इनिङमा ८४.१ ओभरमा २ सय ३६ रनमा अल आउट भयो । इंग्ल्यान्डका डेविड मलानले १ सय ५७ बलमा १० चौका सहित सर्वाधिक ८० रनको योगदान दिए । कप्तान जो रुट १ सय १६ बलमा ७ चौका प्रहार गर्दै ६२ रन बनाए ।
एक समय १२–२ को कमजोर अवस्थामा पुगेको इंग्ल्यान्डलाई तेस्रो विकेटका लागि मलान र रुटले १ सय ३८ रनको शतकीय साझेदारी गर्दै राम्रो पूनरागमन गराएका थिए । रुटलाई क्यामरन ग्रिनले स्टिभ स्मिथबाट क्याच गराएपछि अष्ट्रेलियाले खेलमा उत्कृष्ट पूनरागमन गरेको थियो । रुट आउट नहुनुअघि १५०–२ को बलियो अवस्थामा पुगेको इंग्ल्यान्डले बाँकी ८६ रन जोड्न ८ विकेट गुमाएपछि विशाल रनले पछि परेको थियो ।
बेन स्टोक्सले ९८ बलमा ३ चौका र १ छक्का प्रहार ३४ रन बनाए । क्रिस वोक्सले ४० बलमा ५ चौकासहित २४ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ४ विकेट लिए । नाथन लायनले ३, क्यामरन ग्रिनले २ र माइकल नेसरले १ विकेट लिए ।
एडिलेड ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले पहिलो इनिङमा दोस्रो दिन अन्तिम सेसनमा १५०.४ ओभरमा ४७३–९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो । अष्ट्रेलियाका मार्नस लाबुसेनले ३ सय ५ बलमा ८ चौकासहित सर्वाधिक १ सय ३ रनको शतकीय इनिङ खेले ।
लाबुसेनको टेस्ट करिअरको छैटौं शतक हो । डेविड वार्नर १ सय ६७ बलमा ११ चौका सहित ९५ रनमा आउट भए । कप्तान स्टिभ स्मिथले २ सय १ बलमा १२ चौका र १ छक्कासहित ९३ रनको योगदान दिए । ओपनर मार्नस हरिस तीन रनमै आउट भएका थिए । दोस्रो विकेटका लागि लाबुसेन र वार्नरले १ सय ७२ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । बेन स्टोक्सको बलमा स्टुअर्ट ब्रोडबाट क्याच भएपछि वार्नर शतक बनाउन पाँच रनले चुकेका थिए ।
लाबुसेनलाई ओली रोविन्सनले एलबीडब्लू आउट गरेका थिए । जेम्श एन्डरसनले एलबीडब्लू आउट गरेपछि स्मिथ शतक बनाउन सात रनले चुकेका थिए । विकेटकिपर एलेक्स केरीले १ सय ७ बलमा ५ चौका प्रहार गर्दै ५१ रनमा आउट भए । मिचेल स्टार्क ३९ बलमा ५ चौकासहित ३९ रनमा अविजित रहे ।
तल्लोक्रमका बलर माइकल नेसरले डेब्यू खेलमा २४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३५ रनमा आउट भए । इंग्ल्यान्डका बेन स्टोक्सले सर्वाधिक तीन विकेट लिए । जेम्श एन्डरसनले दुई, स्टुअर्ट ब्रोड, क्रिस वोक्स, ओली रोविन्सन र जो रुटले एक एक विकेट लिए । पाँच टेस्टको एशेज सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । पहिलो खेलमा अष्ट्रेलिया ९ विकेटले विजयी भएको थियो ।
January 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन् । पाकिस्तान सुपर लिगले बुधवार जारी गरेको सिल्भर समूहको सुचीमा नेपालका ६ खेलाडी समावेश गरिएका हुन् । ड्राफ्टमा परेका नेपाली खेलाडीमा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी छन् । पिएसएलको खेलाडी ड्राफ्टबाट छनोट […]
January 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले दुई अर्धशतकको सहयोगमा बागमती प्रदेशविरुद्ध मजबुत योगफल तयार गरेको छ । जय ट्रफी मेन्स एलिट कपको चौथो खेलको पहिलो इनिङमा ओपनर इमरान शेख तथा बसिर अहमदको अर्धशतकको सहयोगमा आर्मीले बागमतीविरुद्ध बलियो योगफल तयार गरेको हो । टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे आर्मीले पहिलो इनिङका लागि निर्धारित […]
January 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको अर्धशतकमा जय ट्रफी मेन्स एलिट कप दुई दिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध पहिलो इनिङमा अग्रता बढाएको छ । बुधवार सुरु भएको प्रतियोगिताको तेस्रो खेलमा पहिलो दिनको समाप्तीसम्म पुलिसले मधेश सामू ४५ रनको अग्रता बनाएको छ । पहिलो इनिङमा उसको २० ओभर बाँकी नै रहँदा ७ विकेट पनि […]