default_image

3 years ago

December 17, 2021

‘नेपाली क्रिकेटमा देखिएका सबै समस्याको हल गरौं’

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले नेपाल क्रिकेट संघ (क्यान) ले चार क्रिकेटरलाई कारबाही गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबार ज्ञानेन्द्रले सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कमल सिंह ऐरीले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतिक्रिया दिएका हुन् ।

बुधबार क्यान बोर्ड बैठकले अनुशासन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको थियो । यी दुई क्रिकेटरसँगै सोमपाल र कमललाई २०२२ को सुरुवाती ६ महिना गे्रडमै नराख्ने पनि जनाएको थियो ।

‘क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह, क्रिकेट म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल र हामी ७–८ जना खेलाडी भएर ग्रेडको विषयमा हाम्रो छलफल भएको थियो । वहाँहरुले ग्रेडिङको मापदण्ड देखि लिएर सबैको पत्रचार गर्छौ भन्नु भएको थियो । हामी त्यहि आशामा बसेका थियौं । यो निर्णयलाई पुनर्विचार गरियोस्’, पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले भने ।

‘हामी क्रिकेट रोक्ने पक्षमा होईन । समाधान गरेर जाने भन्ने हो । क्यान र हामी एउटै परिवार हो । यसलाई बल्झाउन भन्दापनि महत्वपूर्ण प्रतियोगिताहरु आइरहेको छ । यसलाई अगाडि बढाएर निकास निकालोस भन्ने नै हो । जतिसक्यो छिटो संवादमा आएर यसलाई हल गर्नतर्फ अघि बढोस् । पुन विचारको लागि आग्रह गरिरहेका छौं’, ज्ञानेन्द्रले भने ।

ज्ञानेन्द्रलाई टोलीमा गुट बनाएको आरोप क्यानले लगाउँदै आएको छ । ‘मलाई कप्तानी जिम्मेवारी दिएपछि गुट बनाउने भन्ने हुँदैन । मैले समग्र खेलाडीको नेतृत्व गर्ने हो । गुटउपगुट बारे मलाई जानकारी छैन’, उनले भने ।

‘हामी संवादको लागि तयार छौं । निर्णय पुनर्विचार गरियोस् । ग्रेडमा ढिलो भएर पनि जहिले पनि धेरै कुराहरु आइरहेको छ । हामीले चाहेको सबैलाई समेटेर लगोस् भन्ने हो । ग्रेडिङको विषय हामीलाई बुझाइएको छैन । सम्झौता पत्रमा हस्ताक्षर गर्नुअघि कुनैपनि मापदण्ड बारे भनिएको छैन । छलफलमा पनि हामीले मापदण्डको इमेल गर्न भनेका थियौं’, ज्ञानेन्द्रले भने ।

त्यसमा उनले थपे, ‘गलत गरेको भए माफी माग्ने भन्ने हुन्छ । हामीले कुनैपनि खेलाडीको हकहितको लागिको कुरा गर्दा अनुशासन तोड्यौं भन्दा मलाई लाग्छ त्यो राम्रो होईन ।’

तपाईंहरुको मागमा पून विचार नगरेर सम्म क्रिकेट नखेल्ने भन्ने नै हो त भन्ने प्रश्नमा ज्ञानेन्द्रले भने, ‘खेल्दैनौं भन्ने होईन । सुरुमा वर्गिकरण सच्याउनुहोस र कारबाहीको विषयमा पुनर्विचार होस् भन्ने हो । क्यानले पुनर्विचार गरेन भने त्यसबेला हाम्रो निर्णय गरौंला’।

‘हामीले अहिले पनि चाहन्छौं नेपाली क्रिकेटमा देखिएका सबै समस्याको हल गरौं । क्यानले यसका लागि अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस् । हामी र हामी जस्ता क्रिकेट खेलमा भविष्य खोजिरहेका खेलाडीहरुले ब्याट र बल छाड्नुपर्ने दुभाग्यपूर्ण अवस्था नबनोस्’, चार खेलाडीले विज्ञप्तिमा भनेका छन् ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.