3 years ago
December 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउनुको कारण नेतृत्व अक्षमता रहेको जनाएको छ । क्यानले बुधबार पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदबाट हटाएको छ । सोही बैठकले स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट टोलीको नयाँ कप्तान पनि नियुक्त गरेको थियो ।
क्यानको केन्द्रिय सम्झौता ग्रेड २०२१ को अन्तिम ६ महिनाको असहमती जनाउँदै मिडियामा गएर बोलेको भन्दै दीपेन्द्र, ज्ञानेन्द्र, तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को ६ महिना सम्झौतामा नराख्ने निर्णय गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले नेतृत्व अक्षमताले ज्ञानेन्द्रलाई कप्तानबाट हटाएको बताए ।
‘ज्ञानेन्द्रले नेतृत्वको रुपमा पुलको काम गर्नुपर्छ । क्यान र कप्तान भनेको एउटा पुल हो । कप्तानले पुलको काम गर्नुपर्छ । तर ठ्याक्कै उल्टो भूमिका देखियो । खेलाडी लगेर मिडियामा जाने । अन्य जुनियर खेलाडीलाई किन बोल्न लगाउने । तिनीहरुको त भविष्य छ नि । नेतृत्व एकदमै अक्षमता देखियो । त्यहिँ भएर कप्तान र उपकप्तानलाई कारबाही गरेको हो,’ क्यानका कार्यवाहक सचिव मल्लले भने ।
मल्लले सबैले अनुशासनमा रहनुपर्नेमा जोड दिए । उनले थपे,’अनुशासन विना कुनैपनि संस्था र संघ अघि बढ्न सक्दैन । खेलकुदमा झन् पहिलो प्राथमिकता हो । अनुशासन नै भएन । त्यसैले कारबाही गरेका हौं।’ कप्तान र उपकप्तानको जिम्मेवारी हटाएपछि खेलाडीका रुपमा खेल्नका लागि भने उनीहरु बन्देज नगरिएको पनि मल्लले प्रष्ट पारे ।
‘वहाँहरुले सम्झौता गरेको प्रत्रमा आर्टिक ३.३.१ मा स्पष्ट छ । क्यानको अनुमिती बिना, आइसिसी, एसिया र मिडियामा जार्दैनौं भनेर । स्पष्ट हुँदा हुँदै वहाँहरुले तोड्नुभयो । समितिले बुझाएको प्रतिबेदनको आधारमा बोर्डले कारबाही गरेको हो,’ क्यानका कार्यवाहक सचिव मल्लले भने,
सन्दीप टि२० क्रिकेटमा विश्वको स्टार हो । ६,७ वर्षदेखि नेपाली टोलीमा पनि खेलेको छ । अव उसको विश्व अनुभव पनि छ । मलाई ५–६ वर्षको लागि हेरेर नेतृत्वमा लिएको हो।’ सन्दीप टि२० मात्र कि ओडिआईको पनि कप्तान नियुक्त भएका हुन् भन्ने प्रश्नमा मल्लको जवाफ छ, त्यो निर्णय भएको छैन । अब टि२० छ । त्यसको लागि नियुक्त गरिएका छ । त्यसपछि अगाडिको सिरिज बारे बोेर्डले पछि निर्णय लिनेछ ।
२०७६ असोजमा पारस खड्काले कप्तानी छाडेपछि ज्ञानेन्द्रले क्रिकेट टोलीको नेतृत्व सम्हाल्लेका थिए । असोजमा आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज नै ज्ञानेन्द्रले नेतृत्व गरेको अन्तिम भ्रमण हो । उनको कप्तानीमा नेपालले खासै उल्लेखनिय उपलब्धि भने हात पार्न सकेन । नेपालले अब फेब्रुअरीमा ओमानमा आइसिसी ग्लोबल टि२० छनोट खेल्दैछ ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]