3 years ago
December 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर देव खनालको कप्तानीमा नेपालले एसिसी यू–१९ एसिया कप खेल्ने अन्तिम टिम घोषणा गरेको छ । घोषणा टोलीमा देवलाई कप्तान दिँदा स्पिन अलराउन्डर शेर मल्ललाई उपकप्तान दिएको छ ।
घोषणा टोलीमा घरेलु क्रिकेटमा राम्रो छाप छाडि सकेका अलराउन्डर विवेक यादव, दुर्गेश गुप्ता, नेपाली सिनियर टोलीबाट खेलि सकेका तीव्र गतिका बलर गुलशन झा र आक्रामक ब्याटर अर्जुन साउद लगायतका ब्याटर छन् ।
अघिल्लो साता यू१९ राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई उपाधि दिलाउन देवले उत्कृष्ट ब्याटिङ र कप्तानी गरेका थिए । लुम्बिनीलाई उपाधि जिताउन कप्तान देव खनालले ७ खेलमा ४ अर्धशतक सहित कुल ३ सय ३४ रन बनाउँदै शीर्षस्थानमा रहेका थिए ।
समूह बी मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत छन् । समूह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र युएई छन् । समूह ए का खेल दुबई र बी का खेल शारजाहमा हुनेछन् । यू-१९ एसिया कप पुष ८ देखि १६ गते सम्म (डिसेम्बर २३ देखि ३१ सम्म ) युएईमा चल्नेछ ।
नेपालले पहिलो खेल पुष ८ (डिसेम्बर २३) मा बंगलादेशसँग शाहजाहमा खेल्नेछ । नेपालले पुष ११ (डिसेम्बर २६) मा श्रीलंका र पुष १३ (डिसेम्बर २८) मा कुवेतसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । दुबै सेमिफाइनल पुष १५ (३० डिसेम्बर) मा हुनेछ । फाइनल पुष १६ (डिसेम्बर ३१ मा) हुनेछ ।
दुबै समूह शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनल आइसिसी एकेडेमी ओभल १ मा र दोस्रो शारजाह क्रिकेट मैदानमा हुनेछ ।
नेपाली यू-१९ टोली :
देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, बशिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी ।
प्रशिक्षक : बसन्त शाही ठकुरी
टिम व्यवस्थापक : धर्मराज गिरी
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]