default_image

3 years ago

December 12, 2021

काठमाडौं क्रिकेट संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

221 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला क्रिकेट संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले रिक्त रहेको तीन सदस्यको पदमध्ये दुईमा दिवाकार घले र किरण राणालाई नियुक्त गरेको छ ।

सभाले संघको सल्लाहाकारमा ठाकुर प्रताभ थापासहित तीन जनालाई नियुक्त गरेको छ । कार्यक्रममा संघका अध्यक्ष अमित पाण्डेले काठमाडौं सधै नेपाली क्रिकेटको उर्भरभूमिका रुपमा क्रियाशिल रहँदै आएको र आगमी दिनमा पनि रहने विश्वास व्यक्त गरेका थिए । संघका सचिव बसन्त राज सत्यालले संघको भावी योजनाहरु प्रस्तुत गरेका थिए ।

‘काठमाडौं सधै नेपाली क्रिकेटको उर्भरभूमिका रुपमा क्रियाशिल रहँदै आएको छ । आगमी दिनमा पनि रहने विश्वास व्यक्त गर्दछु । हामीले कोभिड १९ को माहामारीका कारण पछिल्लो दुई वर्ष केही कार्यक्रम गर्न सकेनौ । अवस्था सामान्य बन्दैछ । अब हामी उहीँ जोश र जागरका साथ अघि बढ्छौ’, अध्यक्ष पाण्डेले भने ।

कार्यक्रममा संघका उपाध्यक्ष विजय शर्मा, नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य छनोटकर्ता उत्तम कर्माचार्य, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पूर्व अध्यक्ष तथा एआईपिएसका कोषध्यक्षनिरंजन राजवंशी र एनएसजेफका अध्यक्ष दुर्गानाथ सुवेदीले संघको वार्षिक साधरणसभाको अवसरमा शुभकामना दिएका थिए ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.