3 years ago
December 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका छन् । गत असोजमा अष्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुलाई नियुक्त गरेको औपचारिक रुपमा जानकारी दिएको छ ।
क्यानले पुबुदुसँग अवधि सम्झौता गरेको छैन । क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार क्यानले पुबुदसँग दुई वर्षको सम्झौता गर्ने तयारी गरेको छ । पुबुदुको पारिश्रमिक झण्डै १२ हजार डलर रहेको बुझिएको छ । क्यानले मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन मागेको थियो । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ६० प्रशिक्षकले आवेदन दिएका थिए । क्यानले उत्कृष्ट १५ जनाको अन्तरवार्ता लिएको थियो ।
क्यानको पहिलो रोजाईमा भारतीय मोन्टी देशाई थिए । तर देशाईसँग सहमति हुन नसकेपछि पुबुदुलाई नियुक्त गरेको हो । मोन्टीले इन्डियन प्रिमियर लिग (आइपिएल) हेर्ने मनासय बनाएको कारण धेरै समय छुट्टी मागेका थिए । अर्कोतर्फ पुबुदु नेपाली खेलाडीसँग राम्रोसँग घुलमिल र जानकार हुँदा पनि उनलाई ल्याउने निर्णय गरेको हो ।
श्रीलंका क्रिकेट टोलीका पूर्व खेलाडी समेत रहेका पुबुदु दसानायके नेपाललाई पहिलो पटक टि२० विश्वकप खेलाउने प्रशिक्षक हुन् । पुबुदुलाई नेपाली क्रिकेटका सर्वाधिक सफल प्रशिक्षक समेत भन्ने गरिन्छ । सन् २०११ देखि २०१५ सम्म पुबुदुको प्रशिक्षकमा नेपालले क्रान्तिकारी परिवर्तन गरेको थियो । सन् २०१४ मा नेपालले पहिलो पटक टि२० विश्वकप खेलेको थियो ।
पुबुदुको प्रशिक्षकमा नेपालले डिभिजन ४ देखि ३ सम्म उपाधि जितेको थियो । गत असोजमा भएको एभरेष्ट प्रिमियर लिगमा पुबुदुले भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षणको रुपमा काम गरेका थिए । २०१५ मा नेपाली क्रिकेटको आन्तरिक किचलोको कारण पुबुदुले प्रशिक्षक छाडेर अमेरिका गएका थिए ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]